+
+

देशैभर आफ्नो सामर्थ्यले चुनाव लड्छौं :लिङ्देन

रासस रासस
२०७९ वैशाख २ गते १५:३७

२ वैशाख, चितवन । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले स्थानीय तह निर्वाचनमा देशैभर आफ्नो सामर्थ्यले लड्ने बताएका छन् ।

चितवनमा शुक्रबार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै अन्य पार्टीसँग औपचारिक रुपमा गठवन्धनबारे कुरा नचलाएको बताए । उनले भने, अन्य पार्टीसँग पनि औपचारिक गठबन्धन गरेर चुनाव लड्ने निर्णय गरेको छैन । यस खालका कुराकानीहरु कुनै दलसँग पनि चलाएको छैन ।

यसपालिको निर्वाचनमा राप्रपा देशैभर आफ्नो सामर्थ्यले लड्ने उनल बताए । भन्छन्, केही स्थानीय तहमा आवश्यकताअनुसार तालमेल भयो भने बेग्लै कुरा हो । हामीले स्थानीय तहलाई त्यसै छोड्दिने निर्णय गरेका छौँ ।’

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?