+
+

भ्लाहोभिकले गरे युभेन्ट्सको उद्धार

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ४ गते १२:५७

४ वैशाख, काठमाडौं। डुसान भ्लाहोभिकले इन्जुरी टाइममा गोल गरेपछि युभेन्ट्स इटालियन सिरी ए मा बोलोग्नबा विरुद्ध हारबाट जोगिएको छ ।

भ्लाहोभिकले ९५औं मिनेटमा गोल गरेपछि युभेन्ट्सले बोलोग्नासँग १-१ को बराबरी खेलेको हो ।

एलिएन्ज स्टेडियममा भएको खेलमा मार्को अर्नाउटोभिकले ५२औं मिनेटमा गोल गर्दै बोलोग्नालाई अग्रता दिलाएका थिए । जारी सिजन अर्नाउटोभिकको यो ११औं गोल हो ।

८४औं मिनेटमा बोलोग्नाका एडामा साउमारो र ग्यारी मेडेल रातो कार्ड खाँदै मैदान बाहिरिएपछि युभेन्सको गोल पर्काउने आशा बढेको थियो ।

भ्लाहोभिकले अन्तत: इन्जुरी टाइममा गोल गर्दै युभेन्सको उद्धार गरे । तर ८ मिनेटको इन्जुरी टाइममा युभेन्सले एक गोल बाहेक अरु थप्न नसकेपनि १-१ को बराबरी खेल्दै अंक बाँड्नु पर्‍यो ।

बराबरीपछि युभेन्ट्स ३३ खेलबाट ६३ अंकसहित चौथो स्थानमा छ । एक खेल कम खेलको रोमा ५७ अंकसहित पाँचौ स्थामा छ । बोलोग्ना ३८ अंकसहित १३औं स्थानमा छ ।

भ्लाहोभिक यस सिजन सिरी ए मा सर्वाधिक गोल गर्नेमा दोस्रो स्थानमा छन् । यसै वर्ष जनवरीमा युभेन्ट्स आउनुअघि उनले फियोरेन्टिनाका लागि १७ गोल गरेका थिए ।

त्यसपछि युभेन्सका लागि ६ गोल गरेका उनले सिरी एमा २३ गोल गरिसकेका छन् । भ्लाहिभिक भन्दा अघि रहेका लाजियोका सिरो इम्मोबाइलले २५ गोल गरेका छन् ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?