+
+

मौका आउने वित्तिकै राजसंस्था पुनर्स्थापना हुन्छ : लिङ्देन

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ४ गते १६:२७

४ वैशाख, जनकपुरधाम । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले राजसंस्था र हिन्दू राष्ट्र पुनर्स्थापनाका लागि उपयुक्त वातावरण बनाउने बताएका छन् ।

आइतबार जनकपुर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै अध्यक्ष लिङदेनले राप्रपाले चाहेर हुने भए र ल्याउन सक्ने भए राजालाई नारायणहिटीमा ल्याउने र हिन्दू राष्ट्र आजै पुनर्स्थापना गर्ने बताए ।

यद्यपि यसका निम्ति उपयुक्त वातावरण बनाउने काममा लागिपरेको र मौका आउनेवित्तिकै राजसंस्था र हिन्दू राष्ट्र पुनर्स्थापना हुने उनले बताए ।

राजसंस्था पुनर्स्थापित भए राष्ट्र प्रमुखको अभिभावकीय संस्थाको रुपमा रहने उनले बताए ।

स्थानीय तहको चुनावमा कसैसँग गठबन्धन नगर्ने बताउँदै उनले आफ्नै बलबुतामा चुनाव लड्ने बताए । चुनावमा राम्रो परिणाम प्राप्त हुने विश्वास अध्यक्ष लिङ्देले व्यक्त गरे ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?