+
+

वीर अस्पतालबाट डिस्चार्ज भइन् मन्त्री रेग्मी

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ४ गते १९:३२

४ वैशाख, काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मी  स्वास्थ्य उपचारपछि डिस्चार्ज भएकी छिन् ।

टाउकोमा रगत जमेपछि काठमाडौंको वीर अस्पतालमा पाँच दिन उपचार गरेर उनी पुलचोकस्थित मन्त्री निवास फर्केकी हुन् ।

डिस्चार्जपछि अस्पतालबाट बाहिरिने क्रममा मन्त्री रेग्मीले  स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको बताइन् ।

राति सुत्ने बेलामा अचानक टाउको ठोक्किएपछि एमआरआई गराउँदा उनको टाउकोमा रगत जमेको देखिएको थियो । त्यसपछि बुधवार बिहान उपचारका लागि उनलाई अस्पताल भर्ना गरिएको थियो ।

ज्वरो र भोमिटिङ्गको कारण पनि स्वास्थ्यमा अपेक्षित सुधार नदेखिएपछि पाँच  दिनसम्म अस्पतालमै राखेर उपचार गर्नुपरेको हो । मन्त्री रेग्मीलाई चिकित्सकले १ हप्ता निवासमै आराम गर्न सुझाव दिएका मन्त्रीका  स्वकीय सचिव हिमाङ्क भण्डारीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?