+
+

हाडीगाउँमा हराएको गहना खोज्‍ने जात्रा (फोटो फिचर)

आर्यन धिमाल आर्यन धिमाल
२०७९ वैशाख ४ गते २०:२५

४ वैशाख, काठमाडौं । काठमाडौं उपत्यकामा धेरै जात्राहरु हुन्छन् । एउटा जात्रा सकिन नपाउँदै अर्को जात्रा सुरू भइसक्छ । तर, हाँडीगाउँको जात्रा भने विशेष छ ।

हाँडीगाउँमा हुने त्यस्तै जात्रा मध्ये एक हो, गहना खोज्ने जात्रा । टुँडाल देवीको खटलाई हाँडीगाउँस्थित गहना पोखरीभित्र तीनपटक परिक्रमा गराएपछि पोखरीमा देवीको गहना खोज्ने गरिन्छ । यसैलाई गहना खोज्ने जात्राको रुपमा चिनिन्छ ।

चैत्रशुक्ल पूर्णिमाका दिन टुँडालदेवीको परम्परागत जात्रा चलाइन्छ । भाटभटेनीको मूर्ति पनि टुँडालदेवी मन्दिरमा ल्याउने चलन छ ।

जात्रामा टुँडालदेवी, भाटभटेनी, नक्साल भगवती, मनमानेश्वरी, धुम्बाराहीसहित धनगणेशलगायतका देवीदेवताहरूको खटजात्रा हुने गर्दछ ।

हेर्नुस् तस्वीरहरु : 

 

 

लेखकको बारेमा
आर्यन धिमाल

धिमाल अनलाइनखबरका फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?