+
+

नियन्त्रित औषधि ट्रामाडोल र ट्रामाडेक्ससहित एकजना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ५ गते १३:२६

५ वैशाख, काठमाडौं। प्रहरीले नियन्त्रित औषधि ट्रामाडोल र ट्रामाडेक्ससहित एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा हेटौंडा-उपमहानगरपालिका १६ घर भई नरेफाँट बस्‍ने २६ वर्षीय कविर लामा रहेका छन् ।

उपत्‍यकाका विभिन्‍न स्थानहरुमा लुकाई छिपाइ विक्रि भइरहेको सूचनाको आधारमा महानगरीय अपराध महाशाखाको टोलीले उनलाई काठमाडौंको नरेफाँटबाट पक्राउ गरेको हो ।

प्रहरीले उनको साथबाट ५० एमजीको ४२ हजार ५०० थान ट्रामाडोल हाइड्रोक्लोराइड क्‍यापसुल र ५० एमजीकै १० हजार थान ट्रामाडेक्स हाइड्रोक्लोराइड क्‍याप्सुल बरामद गरेको छ ।

पक्राउ परेका उनलाई थप अनुसन्धान र आवश्‍यक कारबाहीका लागि औषधि व्‍यवस्था विभाग, बिजुलीबजार नयाँ बानेश्‍वर पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?