+
+

भारतलाई बेच्ने मूल्यमा विद्युत् उपलब्ध भए निर्यात दुई गुणा बढाउन सकिन्छ : गोल्यान 

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ५ गते १६:०६
पवनकुमार गोल्यान/फाइल तस्वीर

५ वैशाख, काठमाडौं । उद्योगी पवनकुमार गोल्यानले नेपाली उद्योगलाई प्रतिस्पर्धी बनाउन सस्तो मूल्यमा बिजुली उपलब्ध गराइनु पर्ने माग गरेका छन् ।

काठमाडौंमा सोमबार आयोजित साक्षतकार कार्यक्रममा उनले भारतलाई बेच्ने मूल्यमा सरकारले आफ्नो उद्योगलाई बिजुली उपलब्ध गराए निर्यात दुई गुणा बढाउन सकिने ठोकुवा गरे ।

‘हाम्रो रिलायनस स्पिनिङ मिल्सले ९ रुपैयाँ युनिटमा बिजुली किन्छ । वार्षिक ११ अर्बको आयात निर्यात गर्छ । तर, सरकारले भारतमा ४ रुपैयाँमा बिजुली बेच्छ,’ उद्योगी गोल्यानले भने, ‘अहिले हाम्रो उद्योगलाई चाहिने बिजुली ४ रुपैयाँमा उपलब्ध गराइयोस्, दुई वर्षमा निर्यात २२ अर्ब नघाएर देखाउँछौं ।’

स्वदेशमा उत्पादन भएको बिजुली नेपाली उद्योगले नै खपत गर्ने गरी सरकारले नीति ल्याउनु पर्ने भन्दै उनले त्यसो नगरिए औद्योगिक विकास, रोजगारी सृजना र आत्मनिर्भर अर्थतन्त्र निर्माणमा कठिनाइ हुने धारणा राखे ।

सरकारी नीति र कार्यक्रम स्देशी पूँजी परिचालन, उद्योगी र उद्योग संरक्षण मैत्री नहुँदा उत्पादक र उद्योगी पलायन हुने अनि व्यापार फष्टाएको गोल्यानको भनाइ छ । भुक्तानी सन्तुलन र बैंक तरलताको मुख्य कारण अनियन्त्रित आयात भएको भन्दै उनले आयात र त्यसमा अनुत्पादक आयातमा हुने लगानी निरुत्साहित गर्नु पर्नेमा जोड दिए ।

सरकारी निकायले ५० प्रतिशत स्वदेशी उत्पादन अनिवार्य खरिद गर्नु पर्ने व्यवस्था माग
फेडेरेसन अफ नेपाल एस्पोर्ट एसोसिएसनको अध्यक्षसमेत रहेको गोल्यानले नयाँ बजेटमार्फत स्वदेशी वस्तुको उत्पादन, बजारीकरण र निर्यातमा विशेष योजना ल्याउन पनि सरकारसँग माग गरे ।

स्वदेशी उत्पादन बढाउन र आयात निरत्साहन गर्न सरकारी नियकाले ५० प्रतिशत स्वदेशी उत्पादन अनिवार्य खरिद गर्नु पर्ने व्यवस्था गरीनु पर्ने उनको माग छ । यस्तै निर्यात वृद्धि गर्ने र आयात प्रतिस्थापन गर्ने नीति बनाउनु पर्ने, निर्यातजन्य उद्योगको विकास गरी निकासीलाई प्रवर्द्धन गर्ने नीति ल्याउनु पर्ने गाल्यानको माग छ ।

स्वदेशमा उपलब्ध कच्चा पदार्थ प्रयोग गरी उत्पादन गरेको वस्तुको निकासी अपेक्षित हुन नसकेको बताउँदै उनले यसको सुधारमा सरकारले सहयोग गर्नुपर्ने बताए । ‘जैविक कृषि उपजलाई प्राथमिकता दिने नीति अवलम्बन गर्नुपर्ने, उच्च दरमा आयात महसुल तथा एन्टी डम्पिङ करको व्यवस्था गर्नुपर्ने, दुर्गमस्थानमा उत्पादन भएको कृषि उपज तथा वन पैदावारमा ढुवानी अनुदानको व्यवस्था गर्नुपर्छ,’ गोल्यानले भने ।

जडिबुटी उद्योग स्थापना गर्न प्रोत्साहिन गरिनु पर्ने, शीत भण्डारको स्थापना गर्नुपर्ने, सहुलियतपूर्ण ब्याजदरमा कर्जा प्रदान गर्ने, अनुदान नगदको रुपमा नदिई वस्तुको रुपमा नै दिने व्यवस्था गर्नुपर्ने, निर्यातमा उपयुक्त रुपमा अनुदान दिनुपर्ने, नेपाली पहिचानको ट्रेडमार्क दर्ता गर्नुपर्ने, नेपाल जडिबुटी विकास बोर्ड गठन गनुपर्ने माग पनि एसोसिएसनको छ ।

स्वदेशी उत्पादन प्रवर्द्धन गर्नका लागि विदेशी उत्पादन भन्दा स्वदेशी उत्पादन २० प्रतिशतसम्म महँगो भए पनि खरिद गर्ने नीतिगत व्यवस्था गर्नु पर्ने, नेपालमा सञ्चालित संस्थागत बजार, सुपरमार्केट, मिनी मार्केटहरु, भाटभटेनी जस्ता सुपरस्टोरहरुले अनिवार्य रुपमा बिक्रीका लागि राखिएका सामानमा कम्तिमा २० प्रतिशत सामान नेपाली उत्पादन भएको हुनुपर्ने विषयमा नीतिगत व्यवस्था गर्न माग गरिएको छ ।

यस्तै सैनिक, पुलिस, एपिएफ, निजामती कर्मचारीहरुले प्रयोग गरिने पोशाक र खानेकुराहरु स्वदेशी उपलव्ध भएसम्म अनिवार्य रुपमा स्वदेशी नै खरिद गरिनु पर्ने माग पनि एसोसिएसनको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?