+
+

रोकिएन नेप्सेको गिरावट, साताको दोस्रो दिन ४१ अंकले घट्यो बजार

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ५ गते १६:१३

५ वैशाख, काठमाडौं । साताको दोस्रो दिन सोमबार सेयर बजार नेप्से परिसूचक ४१.७७ अंकले घटेर २३ सय ४३.८७ बिन्दुमा आइपुगेको छ । कारोबार रकम र कारोबार संख्यामा केही वृद्धिभए पनि बजारको घट्दो दर भने सोमबार झनै बढ्यो ।

सोमबार २२९ कम्पनीको सेयर दोस्रो बजारमा खरिद बिक्री हुँदा १८२ कम्पनीको मूल्य घटेको छ भने ११ कम्पनीको मूल्य बढेको र २ कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन भएन । सोमबार कारोबारमा आएका १३ वटै उपसूचक नकारात्मक रह्यो ।

सोमबार ३८ लाख ७६ हजार ३०२ कित्ता सेयर ३१ हजार ८२५ पटक करोबार हुँदा कुल कारोबार रकम भने आइतबार भन्दा बढेर एक अर्ब ५३ करोड ६ लाख रुपैयाँ पुगेको छ । आइतबार एक अर्ब ४४ करोड ७ लाख रुपैयाँको सेयर खरिद बिक्री भएको थियो ।

आइतबारदेखि सकारात्मक सर्किट लागिरहेको नेस्डो समृद्ध लघुवित्तको सेयर मूल्य आज पनि १० प्रतिशतले नै बढेको छ । यस्तै दिव्यश्वरी हाइड्रोको सेयर मूल्य ७.९८ प्रतिशतले बढ्दन जलपा सामुदायिक लघुवित्तको सेयर ६.०९ प्रतिशतले बढ्यो भने सिटिजन्स म्युचल फण्ड २ को मूल्य पनि सोमबार १.१९ प्रतिशतले बढ्यो । सोमबार एनआरएन इन्फ्रास्टक्चर बैंकको सेयर मूल्य सबै भन्दा धेरै ८.३३ प्रतिशतले घट्यो । यस्तै हिमालयन उर्जा विकास कम्पनीको ७.५७ प्रतिशत, इर्मजिङ नेपालको ७.१० प्रतिशत र ग्रिन लाइफ हाइड्रोको लगानीकर्ताको सम्पत्ति ६.०४ प्रतिशतले घट्न पुग्यो ।

सोमबार सबै भन्दा धेरै कारोबार हुने कम्पनी नबिल बैंक रह्यो । ४९ करोड ६२३ लाख रुपैयाँ बराबरको कम्पनीको सेयर दोस्रो बजारमा धेरै खरिद बिक्री भएको थियो । यस्तै ४९ करोड २३ लाख रुपैयाँ बराबरको हिमालयन डिष्टिलरी र तेस्रो धेरै कारोबार महालक्ष्मी विकास बैंकको भएको थियो । दोस्रो बजारमा बैंकको ४५ करोड ५ लाख रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?