+
+

राप्ती नदीमा अवैध उत्खनन गर्ने सवारी साधन नियन्त्रणमा

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ५ गते १६:१७

५ वैशाख, दाङ । दाङमा नदीजन्य वस्तु उत्खनन् र ओसारपसारमा संलग्न सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

राप्ती नदीको लमही नगरपालिका–७ हस्नापुर घाटमा अवैध रुपमा नदीजन्य वस्तु उत्खननमा संलग्न भएका पाँचवटा टिपर र दुईवटा डोजरलाई सोमबार बिहान प्रहरीले नियन्त्रणमा लिएको हो ।

लमही नगरपालिकाका प्रमुख कुलबहादुर केसीलगायत टोली स्थलगत अनुगमनमा निस्किएको बेला हस्नापुर घाटमा डोजरले उत्खनन् गरिरहेको र स्थानीय क्रसर उद्योगमा डम्पिङ् गरिएको अवस्थामा फेला पारेको थियो ।

सो ठाउँबाट उत्खनन गर्न पालिकाले अनुमति नदिएको नगरप्रमुख केसीले बताए । उत्खननमा प्रयोग भएका सवारी साधनका सम्बन्धित व्यक्तिहरूको पहिचान गरेर कानुनी दायरामा ल्याउन केसीले जानकारी दिए । लमही नगरपालिकाले यो वर्ष ९ स्थानमा नदीजन्य वस्तु उत्खननको ठेक्का लगाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?