+
+

विश्वकप फुटबलमा खेलाइने बल सगरमाथा बेस क्याम्पमा

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ५ गते १६:३७

५ वैशाख, काठमाडौं । यसै वर्षको नोभेम्बर-डिसेम्बरमा कतारमा आयोजना हुने फिफा विश्वकपको अफिसियल बल अल रिहलालाई सगरमाथा बेस क्याम्प (आधार शिविर) मा पुर्‍याइएको छ ।

कीर्तिमानी आरोही निर्मल पुर्जाले विश्वकपको आधिकारिक बल सगरमाथाको आधार शिविरसम्म पुगिसकेको र शिखरमा पुर्‍याउने अभियानमा आफू पनि सहभागी भएको बताए ।

‘विश्वकप २०२२ को आधिकारिक फुटबललाई संसारको सर्वोच्च शिखर सगरमाथाको यात्रामा सहयोग गर्न पाउँदा गर्व लागेको छ’ पुर्जाले सामाजिक सञ्जालमा लेखेका छन् ।

निर्मल पुर्जाको टिममा कतारकी आश्मा अल थानी पनि समावेश छन् । उनी सगरमाथा आरोहण गर्ने पहिलो कतारी महिला बन्ने अभियानमा छिन् ।

पुर्जाले सगरमाथा आधार शिविरमा फुटबलको अभ्याससमेत गरेको भन्दै फोटो समेत सार्वजनिक गरेका छन् ।

‘बल पहिले नै बेस क्याम्पमा पुगिसकेको छ जहाँ हामीले वरिपरि केही अभ्यास किक गरेका थियौं । यो परम्परागत पूजा समारोहको एक हिस्सा हो । र सुरक्षित मार्गको लागि देवताहरूलाई सोध्ने पूजा, र अब हामी यसलाई उच्च शिविरहरू सम्म अनुकूलन मार्गहरूमा लैजाने तयारी गर्दैछौं’ पुर्जाले लेखेका छन् ।

पुर्जाले लियोनल मेसी र क्रिस्टियानो रोनाल्डोलाई समेत ट्याग गर्दै ८ हजार मिटरमा खेल कस्तो होला भनेर सोधेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?