+
+

अध्यागमन विभागले सच्यायो अनअराइभल भिसाका लागि नगद बोक्नुपर्ने नियम 

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ६ गते १४:०९

६ वैशाख, काठमाडौं । चर्को आलोचनापछि सरकारले अनअराइभल भिसा लिएर नेपाल आउने पर्यटकलाई नगद डलर बोक्नु पर्ने गरी ल्याएको नियम सच्याएको छ । गृह मन्त्रालय मातहतको अध्यागमन विभागले एक सूचना प्रकाशित गरी यस्तो जानकारी गराएको छ ।

विभागकाअनुसार विदेशी नागरिकले तिर्नुपर्ने भिसा शुल्कको भुक्तानी गर्न नगद नै बोक्नु पर्ने डलर अब विद्युतीय माध्यमबाट समेत तिर्ने व्यवस्था यथावत रहने भएको छ । सोमबार विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईको संयोजकत्वमा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकले त्रिभुवन विमानस्थल क्षेत्रमा अहिले सेवा दिइरहेको राष्ट्रिय वाणिज्य बैंकले अहिले सञ्चालनमा रहेको पीओएस मेसिन थप गर्ने, पेमेन्ट गेटवेलाई पूर्णरुपमा सञ्चालनमा ल्याउने र आगमन कक्षतर्फ एक र प्रस्थान कक्षमा एक वटा एटीएम मेसिन थप गर्ने निर्णय समेत भएको छ ।

भिसा शुल्क सम्बन्धमा पर्यटकलाई असुविधा परे नपरेको विषयमा अध्यागमन कार्यालय, नेपाल नागरिक उड्डया प्राधिकरण र राष्ट्रिय वाणिज्य बैंकले नियमित अनुगमन गर्ने निर्णय समेत बैठकले गरेको छ ।

हेर्नुहोस् सूचनाः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?