+
+

लगातार दुई दिन घटेको सेयर बजारमा मंगलबार दोहोरो अंकको वृद्धि

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ६ गते १५:२३

६ वैशाख, काठमाडौं । साताको तेस्रो दिन मंगलबार सेयर बजार परिसूचक नेप्सेमा दोहोरो अंकको वृद्धि भएको छ । मंगलबार १३.३७ अंकले बढेको बजार २३५७.२४ बिन्दुमा पुगेर रोकियो । यो शून्य दशमलव ५७ प्रतिशतको वृद्धि हो । सोमबार कुल २२९ कम्पनीको २७ हजार ८ सय ४१ वटा कारोबार भएको छ । यी कारोबारबाट ३२ लाख १३ हजार १ सय ९५ कित्ता मात्र सेयर किनबेच भएको देखिएको छ ।

यसअघि आइतबार र सोमबार बजारमा ठूलो गिरावट आएको थियो । मंगलबार भने बजार केही सम्हालिएको छ । मंगलबार १ अर्ब ३२ करोड ६८ लाख ६५ हजार९ सय ३२ रुपैयाँको कारोबार भएको छ । मंगलबार सबै उपसमूह हरियो देखिए । सबैभन्दा बढी अन्य र होटेल तथा पर्यटन उपसमूहका लगानीकर्ताले कमाए ।

मंगलबार नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था र ग्रीन भेन्चर लिमिटेडको सेयर मूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढ्यो । मेगा म्यूचअल फण्ड, शिवश्री हाइड्रो र हिमालय उर्जा विकास कम्पनीको सेयर मूल्य समेत धेरै बढ्नेमा रहेको छ । डिव्येश्वरी हाइड्रोपावरको सेयर मूल्य सबैभन्दा धेरै ८.८२ प्रतिशतले घट्यो । मंगलबार नविल बैंकको सबैभन्दा धेरै ६ करोड ३० लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?