+
+

दोलखाकाे मेलुङ गाउँपालिकामा कांग्रेसले बर्मा लामालाई उठाउने

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ६ गते १६:०२

६ वैशाख, दोलखा । दोलखाको मेलुङ गाउँपालिकाको अध्यक्ष उम्मेद्‍वारमा  नेपाली कांग्रेसका तर्फबाट बर्मा लामाको नाम सिफारिस भएको छ ।

पालिका स्तरीय बैठकले दोलखाका जिल्ला सभापति समेत रहेका लामाको नाम सर्वसम्मत रुपमा अध्यक्षको उम्मेद्‍वारमा सिफारिस गरेको हो ।

उनी २०७४ सालको चुनावमा पनि मेलुङ गाउँपालिकामा उम्मेदवार बनेका थिए । त्यतिबेला लामा एमाले उम्मेदवारसँग ८९ मतले पराजित भएका भएका थिए । एमालेका नरवहादुर श्रेष्ठ ४ हजार ४७५ मत प्राप्त गरी बिजयी हुँदा लामाले ४ हजार ३८६ मत प्राप्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?