+
+

बर्दियामा ६ लाखका खसीबोका र गाडीसहित एक जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ६ गते १६:४०

६ वैशाख, नेपालगञ्ज । भारतबाट ल्याएका खसीबोका बोकेको गाडीसहित बर्दिया प्रहरीले  एक जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार गुलरिया नगरपालिका वडा नं. ६ मा प्रहरीले सुरक्षा जाँच गर्ने क्रममा ३७ वटा खसीबोका बोकेको गाडीसहित एक जनालाई पक्रेको हो ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोकको इन्द्रवती गाउँपालिका वडा नं.३ का २६ वर्षीय राजकुमार बानिया रहेको प्रहरीले जनाए छ ।

उनले भन्सार तथा पशु क्वारेन्टाइन छलेर ती खसी बोका नेपाल भित्र्याएका कारण पक्रनु परेको प्रहरीले स्पष्ट पारेको छ । बानियालाई आवश्यक कारबाहीको लागि राजापुर भन्सार कार्यालय गुलरिया बर्दियामा बुझाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?