+
+

बुटवलमा दोस्रो राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता सुरु

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ७ गते १३:२९

७ वैशाख, बुटवल । बुटवलमा दोस्रो राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ । बुटवल ब्याडमिन्टन क्लबको आयोजनामा देवीनगरस्थित नव-दिलिप कभर्ड हलमा चार दिनसम्म सञ्चालन हुने प्रतियोगितामा पाँच वटा विधामा ९२ टिमले प्रतिस्पर्धा गर्दैछन् ।

प्रतियोगिता अन्तर्गत मेन्स सिंगलमा २५, मेन्स डबल्समा २६, भेट्रान्स ४५ वर्ष माथिमा २२, सुपर भेट्रान्स ५५ वर्ष माथिमा ९ र महिला सिंगलमा १० टिम गरी ९२ टिमको सहभागिता रहेको प्रतियोगिता संयोजक शम्भु भट्टराईले बताए ।

प्रतियोगितामा विश्व वरियताका प्रिन्स दाहाल, राष्ट्रिय प्रतियोगिताका एक नम्बर वरियताका दीपेश धामी लगायतका उत्कृष्ट खेलाडीहरुको सहभागिता रहेको छ ।

पाँच विधामा काठमाडौं बाहिर ठूलो पुरस्कार राशीको प्रतियोगिता पहिलो भएको क्लबका अध्यक्ष गोपाल टण्डनले बताए । प्रतियोगितामा मेन्स सिंगल र मेन्स डबल्सतर्फ विजेताले ५० हजार रुपैयाँ, उपविजेताले ३० र तेस्रोले २० हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।

भेट्रान्स ४५ वर्ष माथि उमेर समूह र महिला सिङ्गलमा विजेताले ३० हजार रुपैयाँ, उपविजेताले २० हजार र तेस्रोले १० हजार रुपैयाँ तथा ५५ वर्षमाथि उमेर समुहको पहिलोलाई २० हजार रुपैयाँ, दोस्रोलाई १५ हजार र तेस्रोलाई १० हजार रुपैयाँ नगद पुरस्कार दिइने आयोजकले जनाएको छ ।

प्रतियोगिताको बुधबार बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले उद्घाटन गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?