+
+

नेप्से दोहोरो अंकले घट्यो

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ७ गते १५:५६

६ वैशाख, काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार सेयर बजार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । मंगलबार केही सुधार भएको बजारमा बुधबार भने ३६.७३ अंकको गिरावट आएको हो ।

बजार २३२०.५१ विन्दुमा झरेर रोकिएको छ । यो १.५६ प्रतिशतको गिरावट हो । बुधबार कुल २२८ कम्पनीको ३२ हजार ५ सय ६ पटक कारोबार भएको छ । यी कारोबारबाट ३५ लाख ७० हजार १४ कित्ता सेयर किनबेच भएको छ । बुधबार कारोबार रकम १ अर्ब ४५ करोड ८७ लाख ३७ हजार ७ सय ५५ रुपैयाँको भएको छ । बुधबार सबै उपसमूह राताम्य रहे । सबैभन्दा धेरै वित्त र अन्य उपसमुहका लगानीकताले गुमाए ।

बुधबार जाल्पा सामुदायिक लघुवित्त र ग्रीन भेञ्चर लिमिटेडको सकारात्मक सर्किट लेवल (९.९९ प्रतिशत)मा मूल्य बढ्यो । सामुदायिक लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य समेत ३.०८ प्रतिशतले बढेको छ । यस दिन नेष्डो समृद्धि लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सबैभन्दा धेरै १० प्रतिशतले घट्यो । हिमालयन उर्जा विकास कम्पनीको मूल्य ६.२९ प्रतिशतले घट्यो । नेष्डो सबैभन्दा धेरै कारोबार हुने कम्पनीको पहिलो नम्बरमा रह्यो । सो कम्पनीको १४ करोड १९ लाख ४ सय ७९ रुपैयाँ बराबरको कारोबार भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?