+
+

दिल्ली क्यापिटल्समा अर्का विदेशी खेलाडीलाई पनि कोरोना संक्रमण

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ७ गते १७:२७

७ वैशाख, काठमाडौं । इन्डियन प्रिमियर लिग आईपीएलमा पञ्जाव किंग्स विरुद्धको खेलअघि दिल्ली क्यापिटल्सका थप एक विदेशी खेलाडीमा कोरोना संक्रमण देखिएको छ ।

कोरोना संक्रमणका कारण आज बेलुका मुम्बईस्थित ब्राबोर्न स्टेडियममा हुने खेलमा प्रश्न चिन्ह खडा भएको छ । बुधबार बिहान गरिएको चौथो चरणको परीक्षणबाट एक जनामा संक्रमण देखिएको क्रिकइन्फोले उल्लेख गरेको छ ।

यसअघि दिल्लीका विदेशी खेलाडी मिचेल मार्शमा कोरोना संक्रमण देखिएको थियो ।

आयोजकले खेललाई सार्ने विकल्प पनि दिएको क्रिस इन्फोले जनाएको छ । दिल्ली र पञ्जाबबीचको खेल पुनेमा हुने तय भएपनि कवरोना असरले गर्दा मुम्बईमा सारिएको थियो ।

आईपीएल बयोजकले दिल्ली क्यापिटल्सको टिममा रहेका सबैमा अर्को चरणको कोरोना परिक्षण गर्न भनेको छ र त्यसको नतिजा प्राप्त भएपछि आजको खेलको बारेमा निर्णय हुने जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?