+
+

पल शाह प्रकरणमा नवलपुर अदालतमा पनि बालिकाले फेरिन् बयान

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ७ गते १८:१२

७ वैशाख, काठमाडौं । अभिनेता पल शाह जोडिएको जबर्जस्ती करणी मुद्दामा पीडित बालिकाले नवलपुर जिल्ला अदालतमा पनि बयान फेरेकी छन् ।

उनले तनहुँ जिल्ला अदालतमाझैं आफूमाथि जबर्जस्ती करणी नै नभएको र अभियुक्त पल शाह निर्दोष रहेको भनी बकपत्र गरेकी हुन् ।

‘सरकारी वकिलहरुले २०/२२ वटा प्रश्न सोधेर जिरह गर्नुभयो । त्यति हुँदा पनि पीडितले कलाकार शाह निर्दोष रहेको र उनले आफूमाथि केही नगरेको बयान दिइन्’ जिल्ला अदालतका एक कर्मचारीले भने, ‘तनहुँमाझैं सामाजिक रुपमा चौतर्फी प्रश्न उठेकाले आफूले आवेशमा आएर प्रहरीमा बलात्कार भएको भनी बयान दिएको उनको भनाइ थियो ।’

जिल्ला अदालतले अब बालिकाका बाबु र अरु साक्षीहरुको बकपत्र गराउनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?