+
+

चाँगुनारायणस्थित प्रतीक्षालयमा पुरुषको शव भेटियो

रासस रासस
२०७९ वैशाख ७ गते १९:३२

७ वैशाख, भक्तपुर । चाँगुनारायण नगरपालिका–९ ताथली सडकमा एक पुरुष मृतावस्थामा भेटिएको छ ।

ताथलीको नाला सडकको सोल्टी मोडमा सडकपेटीको प्रतीक्षालयमा आज नाम, वतन नखुलेको पुरुषको शव भेटिएको महानगरीय प्रहरी वृत्त जगाती कन्ट्रोलले जानकारी दिएको छ ।

करिब ३५÷३६ वर्षको कालो वर्णको तराईवासी जस्तो देखिने पुरुषको शव ज्याकेटले मुख छोपिएको अवस्थामा यात्रु प्रतीक्षालयमा फेला परेको प्रहरीको भनाइ छ ।

प्रहरीले शवपरीक्षणका लागि काठमाडौँ मेडिकल कलेज दुवाकोट पठाएर घटनाको अनुसन्धान र शवको पहिचानका लागि प्रयास सुरु गरेको जानकारी दिएको छ ।

 

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?