+
+

रुस र बेलारुसको खेलाडीलाई विम्बलडन प्रतियोगितामा प्रतिबन्ध

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ८ गते १४:३०

८ वैशाख, काठमाडौं। रुस र बेलारुसका टेनिस खेलाडीलाई यसै वर्ष जुन-जुलाईमा आयोजना हुने विम्बलडन ओपन खेल्नबाट बन्चित गरिने भएको छ ।

रुसले युक्रेनमा हमला गरेका कारण यी दु२ देशका खेलाडीलाई विम्बलडनमा सहभागि नगराइने अल इंग्ल्याण्ड क्लबले बुधबार विज्ञप्तीमार्फत जनाएको छ ।

वर्षको चार ग्राण्ड्समध्ये एक विम्बलडन जुन २७ देखि जुलाई १० सम्म आयोजना हुनेछ ।

अल इङ्ल्यान्ड क्लबले बुधबार एक विज्ञप्ति जारी गर्दै सन् २०२२ को च्याम्पियनसिपमा रुसी र बेलारूसी खेलाडीको प्रवेश अस्वीकार गर्ने निर्णय गरेको घोषणा गरेको छ ।

यसको अर्थ पुरुष सिंगल्समा विश्व नम्बर दुई रसियन खेलाडी ड्यानिल मेदभेदेव र महिला एकलमा विश्व नम्बर चार बेलारुसकी आरिना साबालेन्का जस्ता खेलाडीहरूले यस वर्ष लन्डनको ग्रास कोर्टमा प्रतिस्पर्धा गर्न पाउने छैनन् ।

बेलायती टेनिसको नियन्त्रक निकाय लन टेनिस एसोसिएसन (एलटीए) ले पनि रुसी र बेलारुसियन खेलाडीहरूलाई यस प्रतियोगिताहरूमा भाग लिन अनुमति दिएको छैन ।

पुरुष व्यावसायिक खेलाडीको विश्व नियामक निकाय एटिपीले भने विम्बल्डन र एलटिएद्वारा गरेको निर्णय ‘अनुचित र खेलको लागी एक हानिकारक उदाहरण स्थापित गर्न सक्ने सम्भावना’ भनी निन्दा गरेको छ । ‘राष्ट्रियताको आधारमा भेदभावले विम्बल्डनसँगको हाम्रो सम्झौताको उल्लङ्घन पनि गर्दछ ।

खेलाडीको इन्ट्री एटिपी र्‍याङकिङमा आधारित छ । यस निर्णयको प्रतिक्रियामा हुने कुनै पनि कारबाही अब हाम्रो बोर्ड र सदस्य परिषदहरूसँगको परामर्शमा मूल्याङ्कन गरिनेछ ।’ एटीपीले जारी गरेको विज्ञप्तीमा भनिएको छ ।

यस्तै एटीपीले रूस र बेलारुसका खेलाडीहरूलाई एटीपी इभेन्टहरुमा तटस्थ झण्डामुनि प्रतिस्पर्धा गर्न अनुमति दिइने जनाएको छ । यसैगरी महिला व्यावसायिक खेलाडीको विश्व निकाय डब्ल्यूटीएले पनि प्रतिबन्धप्रति आफ्नो निराशा व्यक्त गरेको छ ।

विम्बल्डनमा ६ पटक पुरुष सिंगल्स च्याम्पियन सर्बियाका नोभाक जोकोभिकले अल इङ्गल्याण्ड लन टेनिस क्लब (एईएलटीसी) को ‘पागल’ निर्णयलाई समर्थन नगरेको बताए ।

कीर्तिमानी ९ पटक विम्बल्डन एकल उपाधि जित्ने मार्टिना नभ्रातिलोभाले रुसी र बेलारुसियन खेलाडीलाई प्रतिवन्ध लगाउनु गलत निर्णय भएको बताएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?