+
+

मतपत्र ढुवानीको जिम्मा नेपाली सेनालाई

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ८ गते १६:२६

८ वैशाख, काठमाडौं । देशभर पठाउने मतपत्र ढुवानीमा नेपाली सेनाले सुरक्षा दिने भएको छ । निर्वाचन आयोगका अनुसार मतपत्र ढुवानी सुरक्षाको जिम्मा भने सेनालाई दिइएको छ ।

अरु निर्वाचन सामग्रीको भने गृह मन्त्रालयसँगको समन्वयमा नेपाल प्रहरीको स्थानीय युनिटले स्कर्टिङ र सुरक्षा प्रदान गर्ने निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

उनका अनुसार मतपत्र र अरु निर्वाचन सामग्री ढुवानीका क्रममा कहाँ पुग्यो भनेर आयोगले जीपीएसबाट लोकेसन ट्रयाकिङ गर्ने व्यवस्था गरेको छ ।

देशका ७५ जिल्लामा मतपत्र र अरु निर्वाचन सामग्री सडक मार्गबाटै लैजाने र सडक पुग्न बाँकी डोल्पा र मुगुमा भने हवाई मार्गबाट लैजाने प्रवक्ता पौडेलले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?