+
+

बैंकिङ कसुर मुद्दाका फरार अभियुक्त कागेश्वरीबाट पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ८ गते १७:२७

८ वैशाख, काठमाडौं । प्रहरीले बैंकिङ कसुर मुद्दाका फरार अभियुक्तलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा चौरी देउराली गाउँपालिका-४ घर भई हाल काठमाडौंको कागेश्वरी मनहरा नगरपालिका- गोठाटार बस्‍ने ४२ वर्षीय विरेन्द्र कुमार गौतम रहेका छन् ।

उनलाई उच्च अदालत पाटनले ७ लाख ९१ हजार रुपैया र चार दिन कैद सजाय सुनाएको थियो । फरार रहेका उनलाई काठमाडौंको कागेश्वरीबाट पक्राउ गरेको महानगरीय अपराध महाशाखाले जनाएको छ ।

पक्राउ परेका उनलाई ललितपुर जिल्ला अदालत तहसिल शाखा लगनखेलमा उपस्थित गराइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?