+
+

३ घण्टा ५० मिनेट वृक्षासन बसेर खड्काले बनाए विश्व कीर्तिमान

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ८ गते २०:१४

८ वैशाख, काठमाडौं । नेपाली योग प्रशिक्षक विक्रम खड्काले ३ घण्टा ५० मिनेटसम्म वृक्षासन (ट्रि पोज) मा बसेर विश्व कीर्तिमान बनाएका छन् । उनलाई गिनिज बुक अफ वर्ल्ड रेकर्डले केही हप्ता अघि प्रमाण पत्र दिएको छ ।

यसअघि वृक्षासनको विश्व रेकर्ड भारतीय नागरिक सनत रथको नाममा थियो । १८ जुन २०२० मा बैंगलोरका सनतले १ घण्टा ६ मिनेट ५५.३ सेकेन्डसम्म वृक्षासनमा बसेर गिनिज बुकमा नाम लेखाएका थिए ।

वृक्षासनको पुरानो रेकर्ड आफूले तोडेको दाबी गर्दै खड्काले गिनिज बुक अफ वर्ल्ड रेकर्डले प्रमाणपत्र पठाएकोमा खुसी व्‍यक्त गरे । ‘गिनिज बुक अफ वर्ल्ड रेकर्डबाट अन्तत: रेकर्डको प्रमाणपत्र आयो। यसबाट म निक्कै हर्षित भएको छु,’ खड्काले भने ।

काठमाडौंको गोंगबुमा न्यू लाइफ क्लिनिक सन्चालन गर्दै आएका खड्काले यसअघि २०६४ सालमा टुँडिखेलमा लगातार पाँच घण्टासम्म टाउकोले टेकेर उभिएका थिए । यस्तै २०६५ सालमा लगातार चार घण्टासम्म बलेको मैनबत्तीमा आँखा नझिम्काइ हेरेको हेर्यै (त्राटक) गरेका थिए ।

यी दुवैमा पनि आफूले विश्व रेकर्ड राखेको तर प्रक्रिया नपुर्‍याउँदा गिनिज बुकको प्रमाणपत्र पाएका थिएनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?