+
+

एससीटीको नयाँ लोगो सार्वजनिक

सेवाहरूमा सुधारको घोषणा

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ८ गते २०:५६

नेपालमा कार्ड र भुक्तानी प्लेटर्फम प्रदायक कम्पनीका रूपमा अग्रणी भूमिका निर्वाह गरिरहेको एससीटी, स्मार्ट च्वाइस टेक्नोलोजीजले आफ्ना सेवाहरूमा सुधारको घोषणाका साथै आफ्नो नयाँ लोगो सार्वजनिक गरेको छ । नेपालबाट सञ्चालित  कम्पनीले ‘क’ वर्गका वाणिज्य बैंक, विकास बैंक तथा वित्तीय संस्थालाई विभिन्न प्रकारका कार्ड र भुक्तानी प्लेटर्फम उपलब्ध गराउँदै आएको छ ।

एससीटी नेपाललाई पहिलोपटक विल्कुलै नयाँ इन्टग्रेटेड सेयर्ड स्विचिङ पेमेन्ट नेटवर्क र डोमेस्टिक प्रोपाइटरी कार्ड योजनासँग परिचित गराउने पथप्रदर्शक रहेको छ । आज एससिटीले आफ्ना आयामहरुलाई अझ विस्तृत गर्दै विविध किसिमका सेवाहरूलाई एउटै छातामुनि एकीकृत गरेको छ, यसले दोहोरो इन्टरफेस (सम्पर्कसहित र सम्पर्कविहीन)देखि लिएर डेबिट र प्रिपेड कार्ड (घरेलु र अन्तर्राष्ट्रिय), एटीएम र पीओएसको परस्पर सम्बन्ध, बीएफआईहरूबीचको अन्तर सञ्चालन, अन्तर्राष्ट्रिय योजनाहरुको गेटवे, क्युआरसी भुक्तानी प्लेटर्फम र यसमार्फत् वित्तीय प्रविधिको पूर्ण समाधानसम्मका विविधतापूर्ण भुक्तानी सेवाहरु प्रवाह गर्दै नेपालमा डिजिटल भुक्तानीको पूर्वाधार र विकासमा सघाउ पुर्‍याएको छ ।

‘हामीले हाम्रो पोर्टफोलियोमा थपेका हाम्रो नयाँ सेवाहरु अगाडि ल्याउन पाउँदा उत्साहित छौं नेपाललाई डिजिटल भुक्तानीमा विश्वभर उत्कृष्ट प्रविधिमा आधारित बन्न मद्दत पुर्याउने कम्पनीको भिजनलाई नयाँ लोगोले सङकेत गर्छ । क्यान इन्फोटेक प्रविधिको क्षेत्रमा एक दशकभन्दा बढी समयदेखि आयोजना गरिदै आइरहेको इभेन्टमा हाम्रो लोगो र सेवाहरु सार्वजनिक गर्नु यस इभेन्टभन्दा उचित अवसर अरु कुनै हुन सक्दैन,’ सीईओ नारायण प्रकाश भुजु बताउँछन् ।

सन् २००१ मा स्थापित, एससिटी र एसिटी नेटवर्क को रुपमा चिनिने स्मार्ट च्वाइस टेक्नोलोजी लिमिटेड, नेपाल राष्ट्रिय बैंकअन्तर्गत लाइसेन्स प्राप्त भुक्तानी सेवा अपरेटर (पीएसओ) हो । एससिटीले नेपालका अधिकांश वाणिज्य बैंकहरु, विकास बैंकहरु, पीएसपी पेमेन्ट सर्भिस प्रोभाइडर) र अन्य वित्तीय संस्थाहरुलाई विभिन्न कार्डहरू र भुक्तानी प्लेटर्फमहरु उपलब्ध गराउँछ । एससीटीले आफ्ना सेवाहरू र पहुँच विस्तार गर्न अन्तर्राष्ट्रिय भुक्तानी प्रोसेसर र योजनाहरू (युनियन पे इन्टरनेसनल, पल्स नेटवर्क, र एफएसएस आदि) सँग रणनीतिक गठबन्धनमा पनि प्रवेश गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?