+
+

बारबर्दियाको उपमेयरबाट राजीनामा दिएर चुनावमा होमिइन् अञ्जु दहित

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ९ गते ११:५८
राजीनामासँगै ल्यापटप, मोबाइल लगायतका सामग्री पनि फिर्ता गर्दै उपमेयर अञ्जु दहित

९ वैशाख, काठमाडौं । बर्दियाको बारबर्दिया नगरपालिकाकी उपमेयर अञ्जु दहितले पदबाट राजीनामा दिएर स्थानीय तह निर्वाचनको प्रचारमा सक्रिय भएकी छन् ।

सार्वजनिक पदमै रहेर पार्टी विशेषको चुनाव प्रचारमा हिंड्न नैतिकताले नदिने भन्दै उनले बिहीबार पदबाट राजीनामा दिएकी हुन् । उनले राजीनामा सँगै ल्यापटप, मोबाइल लगायतका सामग्री पनि फिर्ता गरेकी छन् ।

निर्वाचन आयोगले जनप्रतिनिधिहरुले राजीनामा दिएर मात्रै मनोनयन दर्ता गर्न पाउने निर्णय गरेको थियो । दहित बारबर्दिया नगरपालिकाको मेयरको प्रमुख दाबेदार हुन् ।

उनले आफू पदमा रहँदा सहयोग गर्ने नगर प्रमुख, कार्यपालिका एवम् नगर सभाका सदस्यहरु, प्रमुख प्रशासकीय अधिकृत लगायत पालिकाका कर्मचारीहरु, राजनीतिक दलका नेता तथा कार्यकर्ताहरु, सञ्चारकर्मी र नगरवासीप्रति आभार व्यक्त गरेकी छन् ।

हेर्नुस् उपमेयर अञ्जु दहितको राजीनामा पत्र-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?