+
+

प्रधानमन्त्री देउवा र विश्व स्वास्थ्य संगठनका महानिर्देशकबीच भेटवार्ता

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ९ गते १७:१६

९ वैशाख, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा. डा. टेड्रोस अधानोम गेब्रेयससले भेट गरेका छन् ।

प्रधानमन्त्री निवास बालुटारमा भएको भेटमा प्रधानमन्त्रीले स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउने गरी सरकाले विभिन्न कार्यक्रमहरु सञ्चालन गरेको जानकारी गराए । साथै कोभिड नियन्त्रण लगायत स्वास्थ्य क्षेत्रमा विश्व स्वास्थ्य संगठनको सहयोगको लागि पनि प्रधानमन्त्रीले धन्यवाद व्यक्त गरे ।

उनले नेपाली स्वास्थ्यकर्मीहरुको क्षमता अभिवृद्धि, स्वास्थ्यको क्षेत्रमा बहुपक्षिय साझेदारी लगायतका विषयमा सहकार्य गर्न नेपाल सरकार तयार रहेको धारणा व्‍यक्त गरे ।

यस्तै महामनिर्देशक डा. टेड्रोसले नेपालले कोरोना विरुद्धको खोप अभियान प्रभावकारी रुपमा व्यवस्थापन गरेको र प्राय सबैजसोलाई खोप लगाईसकेकोमा प्रधानमन्त्रीको प्रशंसा गर्नु भएको थियो ।

कोभिड नियन्त्रण तथा रोकथाममा पनि नेपाल सरकारको रणनीति प्रभावकारी भएको उनको भनाइ थियो ।

डा. टेड्रोसले नेपालले दक्षिण एसियामै टाइफाइड विरुद्ध बालवालिकाहरुलाई खोप सुरु गरेकोमा पनि नेपाल सरकारलाई धन्यवाद व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?