+
+

सुर्खेतमा कसैले बुझाएनन् हतियार

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १० गते ११:१२

१० वैशाख, सुर्खेत । इजाजतप्राप्त हात हतियार कसैले पनि नबुझाएको जिल्ला प्रशासन कार्यालय सुर्खेतले जनाएको छ ।

स्थानीय तह निर्वाचनलाई भयरहित बनाउन भन्दै सुर्खेत प्रशासनले त्यस्ता हात हतियार प्रशासनलाई बुझाउन आग्रह गरेको थियो । तर हालसम्म कसैले पनि बुझाएका छैनन् ।

प्रशासनले गत चैत सोमबार स्थानीयतहको निर्वाचन आउँदै गरेकाले उक्त निर्वाचन सम्पन्न भए प्रश्चात पुनः फिर्ता पाउने गरी प्रहरीलाई बुझाउन भन्दै सूचना जारी गरेको थियो ।

हालसम्म इजाजत प्राप्त गरेर राखिएका जिल्ला भित्रका एक सय हतियार र जिल्ला बाहिरबाट ३९ वटा हतियार रहेका छन् ।

तर, तीमध्ये कुनै पनि हतियार प्रहरीलाई नबुझाइएको प्रशासनको भनाइ छ उनीहरूले हतियार आफ्नो आत्मरक्षाका लागि इजाजतसहित राखेको भने पनि कुन प्रयोजनमा प्रयोग भएका छन् यो विषयमा सुर्खेत प्रशासन नै अनविज्ञ देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?