+
+

जसपाले धनगढीमा टुंगो लगायो मेयर र उपमेयरका उम्मेदवार

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १० गते १६:३४

१० वैशाख, धनगढी । कैलालीमा सत्ता गठबन्धनबाट बाहिरिएको जनता समाजवादी पार्टी (जसपा) ले धनगढी उपमहानगरपालिकाको मेयर र उपमेयरमा उम्मेदवारको टुंगो लगाएको छ ।

गठबन्धनबाट बाहिरिएर मधेश केन्द्रित दलसँग चुनावी तालमेल गर्ने निर्णय गरेको जसपाले धनगढीको मेयरमा कबिन्द्र ऐर र उपमेयरमा नन्दकली रानाथारुलाई उम्मेदवार बनाउने जनाएको छ ।

शनिबार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै जसपाले ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा ऐर र रानाथारुलाई उम्मेदवार बनाउने निर्णय भएको जानकारी दिएको हो ।

जसपाले सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी नगराइएको भन्दै सत्तारुढ गठबन्धनबाट बाहिरिएको घोषणा गरिसकेको छ ।

अब जसपाले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नेपाल लोकतान्त्रिक पार्टी र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चसँग तालमेल गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?