+
+

गठबन्धनलाई निर्वाचन कानुनले चिन्दैन : प्रमुख आयुक्त थपलिया

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १० गते २०:३५

१० वैशाख, काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले दलको चिह्न लिएर निर्वाचित हुने जनप्रतिनिधिहरु सोही दलको हुने बताएका छन् ।

शनिबार सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा प्रमुख निर्वाचन आयुक्त थपलियाले गठबन्धन भन्ने शब्द स्थानीय तह निर्वाचन कानुनमा नभएको उल्लेख गर्दै दलको चिह्न लिएर निर्वाचित भएकाहरु सोही दलको जनप्रतिनिधि हुने बताएका हुन् ।

तर, स्वतन्त्र चिह्न लिएर उम्मेदवार भएकाहरु निर्वाचित भए भने उनीहरु स्वतन्त्र जनप्रतिनिधि नै हुने कानुनी व्यवस्था रहेको समेत उनले स्मरण गराए ।

‘हाम्रो स्थानीय तह निर्वाचन सम्बन्धी कानुनमा गठबन्धन भन्ने शब्द छैन । हुँदै नभएको कुरा आयोगले जान्ने कुरा पनि भएन । व्यक्तिले कुनै पनि राजनीतिक दलको उम्मेदवारको हकमा त्यो दलले दिएको मनोनयन पत्रको आधारमा उम्मेदवारी दर्ता हुन्छ । अब त्यो उम्मेदवारी दर्ता हुने व्यक्ति त्यो दलको सदस्य हो कि होइन, कहिले प्रवेश गरेको हो, उसको पार्टीमा के हैसियत छ रु भन्ने विषय आयोगको विषय होइन । त्यसकारण जुन चिह्नबाट ऊ उम्मेदवारी दिन्छ र निर्वाचित हुन्छ । त्यही दलको हो भन्ने निधो हुन्छ’ उनले भने ।

यदि कोही स्वतन्त्र रुपमा उम्मेदवार भएर स्वतन्त्र चिह्नबाट निर्वाचन जितेमा उसको हैसियत स्वतन्त्र हुने पनि उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?