+
+

एमालेकी मञ्जुदेवीले अस्वीकार गरिन् पोखराको उपमेयर टिकट

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ११ गते १०:००

११ वैशाख, पोखरा । पोखरामा नेकपा एमालेकी मञ्जुदेवी गुरुङले उपमेयर पद अस्वीकार गरेकी छन् । आफूले कुनै पदमा आकांक्षा नराखेको र उम्मेद्वार बनाउँदासमेत आफूलाई नसोधेको उनको भनाइ छ

पार्टीले अझैसम्म आधिकारिक रुपमा जानकारी नदिएको र दिइसकेपछि आफ्नो धारणा सार्वजनिक गर्ने उनले बताएकी छन् । उनी भन्छिन्, ‘मेयरमा पनि दाबी नगरेको मान्छे, उपमेयरमा फेरि उठ्ने सोच छैन ।’

उनी २०७४ सालको स्थानीय तह चुनावमा उपमेयर निर्वाचित भएकी थिइन् ।

केन्द्रीय सदस्यसमेत रहेकी  गुरुङलाई उपमेयर र प्रदेश सचिवालय सदस्य रहेका दीपक पौडेललाई मेयरमा उम्मेदवार बनाउने पार्टी निर्णयप्रति कास्कीका एमाले नेता नै असन्तुष्ट देखिएको छन् ।

मेयर पदका लागि एमालेबाट १२ जनाले आन्तरिक उम्मेदवारी दिएका थिए । दुई गुटमा विभाजित भएर विवाद बढ्ने भएपछि साझा रुपमा मञ्जुदेवीलाई  मेयरको उम्मेदवार बनाउने एमाले वृत्तमा चर्चा चलेको थियो ।

मेयरमा दाबेदारका रुपमा हेरिएको भए पनि अन्तिम समयमा उनले आन्तरिक उम्मेदवारीसमेत दिएकी थिइनन् । अनलाइनखबरसँग प्रतिक्रिया दिंदै उनले आफू मेयर दौडमा ‘नअटाइएको’ प्रतिक्रिया दिएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?