+
+

काठमाडौंको मेयर लड्न केशव स्थापितले दिए प्रदेश सांसदबाट राजीनामा

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ११ गते १२:२४

११ वैशाख, काठमाडौं । बागमती प्रदेश सभा सदस्य केशव स्थापितले पदबाट राजीनामा दिएका छन् ।

नेकपा एमालेले काठमाडौं महानगरपालिकाको मेयरको उम्मेदवार बनाएपछि स्थापितले राजीनामा दिएका हुन् ।

जनप्रतिनिधिले पुन उम्मेदवार हुन राजीनामा दिने संवैधानिक व्यवस्था अनुसार स्थापितले राजीनामा दिएका हुन् ।

संविधानको धारा १८० को खण्ड (क) र प्रदेश सभा नियमावली २०७४ को नियम १८४ अनुसार राजीनामा पत्र बुझाएको बागमती प्रदेश सचिवालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?