+
+

धादिङका १२ स्थानीय तहमा सत्तारुढ गठबन्धनको भागबन्डा

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ११ गते १२:५८

११ वैशाख, काठमाडौं । सत्तारुढ गठबन्धनका तीन दलले धादिङका १३ मध्ये १२ स्थानीय तहमा भागबन्डा गरेका छन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी सम्मिलित जिल्ला स्तरीय संयन्त्रले चुनावी तालमेलमा सहमति जुटाउन नसकेपछि प्रदेश कमिटीका नेताहरुले भागबन्डा गरेका हुन् ।

जनता समाजवादी पार्टीलाई बाहिरै राखेर गरिएको सहमतिमा कांग्रेसले ७, माओवादी केन्द्रले ३ र एकीकृत समाजवादी पार्टीले ३ स्थानीय तहको नेतृत्व लिने उल्लेख गरिएको छ भने जिल्ला समन्वय समितिको प्रमुख कांग्रेस र उपप्रमुख एकीकृत समाजवादीलाई दिने सहमति बनेको छ ।

थाक्रे गाउँपालिकामा अझै सहमति जुट्न सकेको छैन भने नीलकण्ठ नगरपालिका, खनियाबास, सिद्धलेक, गंगाजमुना, ज्वालामुखी, त्रिपुरासुन्दरी र नेत्रावती डबजोङ गाउँपालिकाको नेतृत्व नेपाली कांग्रेसको भागमा परेको छ । कांग्रेसले धुनिबेसी, रुबीभ्याली, गल्छी र गजुरीमा उपप्रमुख लिएको छ ।

माओवादी केन्द्रले रुबीभ्याली, गजुरी र बेनीघाट रोराङ गाउँपालिकाको नेतृत्व पाउँदा नीलकण्ठ नगरपालिका, खनियाबास, त्रिपुरासुन्दरी र नेत्रावती गाउँपालिकाको उपप्रमुख पाएको छ ।

त्यस्तै, एकीकृत समाजवादीले धुनीबेसी नगरपालिका र गल्ती गाउँपालिकाको प्रमुखसहित बेनीघाट रोराङ, ज्वालामुखी, गंगाजमुना र सिद्धलेक गाउँपालिकाको उपप्रमुख पाएको छ ।

नेपाली काँग्रेस बागमती प्रदेशका संयोजक इन्द्रबहादुर बानियाँ, नेकपा माओवादी केन्द्र बागमती प्रदेशका अध्यक्ष सरल सहयात्री र नेकपा एकीकृत समाजवादी बागमती प्रदेशका उपाध्यक्ष केदारप्रसाद नेउपानेद्वारा हस्ताक्षरित सहमतिपत्रमा थाक्रे गाउँपालिकामा तालमेल गर्ने जिम्मा जिल्ला संयन्त्रलाई दिएको उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?