+
+

चुनाव लड्‍न प्रदेश-१ का दुई सांसदले दिए राजीनामा

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ११ गते १३:५१

११ वैशाख, विराटनगर । प्रदेश-१ का दुई सांसदले राजीनामा दिएका छन् । प्रदेशसभाका सचिव गोपाल पराजुलीका अनुसार प्रदेश सांसद काजीमान कागते र गोपालचन्द्र बुढाथोकीले राजीनामा दिएका हुन् ।

कागते इलाम क्षेत्र नम्बर-१ (ख) र बुढाथोकी झापा १ को (ख)बाट निर्वाचित भएका थिए ।

एमालेबाट निर्वाचित दुवै सांसदको राजीनामा स्वीकृत भएको पराजुलीले बताए ।

स्थानीय तह निर्वाचनमा कागते इलामको सुर्योदय नगरपालिका र बुढाथोकी मेचीनगर नगरपालिकाको मेयरमा उठ्ने तयारीमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?