+
+

रोल्पाका दश वटै स्थानीय तहमा एमालेले टुङ्ग्यायो उमेद्‍वारी

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ११ गते १५:१७

११ वैशाख, रोल्पा । नेकपा एमाले रोल्पाले उमेदवारको टुंगो लगाएको छ । पार्टी जिल्ला कमिटी वैठकले दश वटै स्थानीय तहमा उमेदवारको टुंगो लगाएको हो ।

जस अनुसार रोल्पा नगरपालिकाको नगरप्रमुखमा घनश्याम आचार्य सिफारिस भएका छन । नगर उपप्रमुखमा कृष्णीकुमारी गौतम सिफारिस भएकी छिन ।

सुनिलस्मृती गाउँपालिको अध्यक्षमा खिमचन्द्र पुन र उपाध्यक्षमा तारा सेन सिफारिस भएका छन् ।

लुंग्री गाउँपालिका अध्यक्षमा वीरवहादुर खड्का र उपाध्यक्षमा जुनकुमारी बस्नेत उम्मेद्वार बन्ने छन् ।

सुनछहरी गाउँपालिकाको अध्यक्षमा जयप्रकाश वुढामगर, उपाध्यक्षमा पूर्माला खत्री, थवाङ गाउँपालिकाको अध्यक्षमा रविन्द्र रोकामगर र उपाध्यक्षमा शान्ति घर्तीमगर सिफारिस भएका छन् ।

परिवर्तन गाउँपालिकाको अध्यक्षमा गंगाराम वुढामगर सिफारिस भएका छन । सो गाउाँपलिकाको उपाध्यक्षमा सपना रोकामगर सिफारिस भएकी छिन ।

गंगादेव गाउँपालिकाको अध्यक्षमा रोशनकुमार वली र उपाध्यक्षमा निर्मला कुमारी वलीलाई पार्टीले यस अघि नै सिफारिस गरेको थियो ।

माडी गाउँपालिको अध्यक्षमा विजयकुमार घर्तीमगर र उपाध्यक्षमा अमृता घर्तीमगर सिफारिस भएका छन् ।

त्रिवेणी गाउँपालिकाको अध्यक्षमा कर्ण वाँठामगर सिफारिस भएका छन । सो गाउँपालिकामो उपाध्यक्षमा जानकी वुढामगर सिफारिस भएकी छिन ।

रुन्टीगढी गाउँपालिको अध्यक्षमा बालाराम वुढामगर र उपाध्यक्षमा हस्तमाली वाँठामगर सिफारिसमा भएका छन् ।

परिवर्तन गाउँपालिकाको अध्यक्षमा सिफारिस भएका गंगाराम वुढामगर र माडी गाउँपालिका अध्यक्षमा सिफारिस भएका विजयकुमार घर्तीमगर माओवादी केन्द्र छाडेर नेकपा एमालेमा समाहित भएका थिए ।

२०७४ सालको स्थानीय तह निर्वाचनमा त्रिवेणी र रुन्टिगढी गाउँपालिका नेकपा एमालेले जितेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?