+
+

बागीलाई रोक्न बर्दियामा ठूला दलले अन्तिम समयमा मात्र मनोनयन दर्ता गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ११ गते १७:४३

११ वैशाख, काठमाडौं । स्थानीय तह निर्वाचनको मनोनयनको पहिलो दिन बर्दियामा आज केही साना दल र स्वतन्त्र उमेदवारले मात्र उमेदवारी दर्ता गरेका छन् ।

गुलरिया नगरपालिकाको मेयर पदमा ३ जनाले स्वतन्त्र र एकजना जनमत पार्टीको तर्फबाट गरी ४ जनाले उमेदवारी दिएका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर गुलरिया नगरपालिकाको मेयर पदमा स्वतन्त्र उमेदवारी दिनेहरुमा दिपक विसी, दिपीका शर्मा र राजु भण्डारी छन् । त्यसैगरी जनमत पार्टीको तर्फबाट मंगरे गोडियाले मनोनयन दर्ता गराएका छन् ।

यस्तै ठाकुरबाबामा रहेको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर नेकपा माओवादी केन्द्रको तर्फबाट मेयर पदमा नेत्र आचार्य र उपमेयरमा आशा थारुले आफ्नो मनोयन दर्ता गराएका छन् ।

स्वतन्त्र उमेदवारहरु आफ्ना समर्थक र प्रस्तावक लिएर निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए भने, दलका उमेदवारहरु बाजगाजा र र्यालीसहित पुगेका थिए ।

ठूला दललाई उमेदवार छनौट गर्न सकस

नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले जिल्लाका आठवटा पालिकाका प्रमुख तथा उपप्रमुखका उमेदवार टुंगो लगाउन सकस भएपछि भोलिलाई मनोनयनको समय लिएका छन् ।

पहिले नै उमेदवारको टुंगो लगाएर  मनोनयन गर्दा असन्तुष्ट पक्षले दल बदल्ने वा  बागी उमेदवारी दिन सक्ने भएकाले पनि ठूला दलले अन्तिम समयमा मात्रै उमेदवारी दिने समय लिएका छन् ।प्र

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?