+
+

प्रहरीले ‘हत्या गरेका’ कुमार पौडेलकी श्रीमती बागमतीको मेयरमा उठिन्

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ११ गते २०:२३

११ वैशाख, सर्लाही । प्रहरीको गोली लागेर ज्यान गुमाएका विप्लव समूह सर्लाहीका तत्कालीन जिल्ला इन्चार्ज कुमार पौडेलकी श्रीमतीले बागमती नगरपालिकाको मेयरमा उम्मेदवारी दिएकी छिन् ।

३ वर्षअघि मारिएका पौडेलकी श्रीमती धनकुमारी खड्का पौडेलले बागमती नगरपालिकास्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर स्वतन्त्रबाट मेयरमा उम्मेदवारी दर्ता गराएकी हुन् ।

भ्रष्टाचार, तस्करी, प्राकृतिक स्रोत साधनको दोहनविरुद्ध र गरिव, किसान, मजदुर र सुकुम्वासीको अधिकार, विकास र समृद्धिका लागि मेयरमा उम्मेदवारी दिएको उनले बताइन ।

त्यतिबेला भूमिगत भएको विप्लव नेतृत्वको नेकपाका तत्कालीन इन्चार्ज पौडेलको २०७६ साल असार ५ गते प्रहरीले प्रहार गरेको गोली लागेर नवलपुरस्थित जंगलमा ज्यान गएको थियो ।

बागमती नगरपालिकाको धरहरा निवासी पौडेलको परिवारले भने प्रहरीले पक्रेपछि निर्मम ढंगले हत्या गरिएको दावी गर्दै आइरहेको छ ।

राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदनले पनि पौडेललाई नियन्त्रणमा लिएर हत्या गरेको निष्कर्ष निकालेको थियो ।

सर्वोच्च अदालतले घटनाका दोषीलाई पक्राउ गरी कारबाही गर्न निर्देशन दिए पनि प्रहरीले चासो देखाएको छैन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?