+
+

रोल्पाको माडी गाउँपालिकामा एमाले-कांग्रेसबीच गठबन्धन

महेश न्‍यौपाने महेश न्‍यौपाने
२०७९ वैशाख १२ गते १२:२१

१२ वैशाख, रोल्पा । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि रोल्पाको माडी गाउँपालिकामा नेकपा एमाले र नेपाली कांग्रेसबीच चुनावी तालमेल भएको छ ।

चुनावी तालमेल गरेका उनीहरुले आजै निर्वाचन अधिकृतको कार्यालयमा मनोनयसमेत दर्ता गरिसकेका छन् ।

गठबन्धनको तर्फबाट नेकपा एमालेका विजय घर्तीमगरले गाउँपालिका अध्यक्षमा उमेदवारी दर्ता गरेका छन् ।

उपाध्यक्षमा नेपाली कांग्रेसका कृष्ण विकको उमेदवारी दर्ता भएको नेपाली कांग्रेस माडी गाउँपालिका अध्यक्ष नवराज डाँगीले जानकारी दिए ।

गठबन्धन गरेका दुई दलले वडामासमेत तालमेल गरेका छन् ।

६ वटा वडा रहेको सो गाउँपालिकामा नेपाली काग्रेसले वडा नं. २,३ र ५ मा वडाध्यक्ष पाएको छ भने नेकपा एमालेले वडा नं. १,४ र ६ मा उमेदवारी दर्ता गराएको छ ।

जिल्लाका अन्य स्थानीय तहमा पनि यी दुई दलबीच गठबन्धनको प्रयास भइरहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?