+
+

बालेनहरूलाई सन्देश

नशिव आचार्य नशिव आचार्य
२०७९ वैशाख १२ गते १३:१५

बालेन शाहले काठमाडौंको मेयर पदमा उम्मेदवारी दिने कुरा निश्चय नै सकारात्मक विषय हो र यसले युवामाझ नयाँ उत्साह थपेको छ ।

यो देशमा उमेर पाकेकाको हालीमुहालीले युवालाई कुनै न कुनै रूपमा अगाडि आउन हतोत्साही गरिरहेको बेला काठमाडौं महानगर लगायत देशैभरिबाट स्वतन्त्र उम्मेदवारी दिनेको लहर बढ्नु राजनीतिक सचेतनाको वृद्धि मात्र नभएर परिवर्तनको लागि तीव्र युवा चाहना समेतलाई दर्शाउँछ ।

प्रश्नहरू विरलै जटिल हुन्छन् तर उत्तर हमेसा ।काठमाडौंका समस्या बुझ्न धेरै कठिन छैन, छ त ती समस्याहरूलाई समाधान गर्न, परिस्थितिलाई सुधार्न ।बालेन संस्कृति, पुरातत्व, धरोहर संरक्षणको विषयमा केन्द्रित रहनुभएको देखिन्छ ।

हुन त महानगरमा बेथितिको चाङ छ र संस्कृति संरक्षण केही पृथक् विषय मान्न सकिन्छ (आम उम्मेदवारहरूको भन्दा), आकर्षक लाग्छ ।तर, मूल समस्या काठमाडौंको फेरि पनि आम उम्मेदवारले उठाएका मुद्दा नै हुन्, यति हो कि अन्यले पनि मुद्दा उठाए मात्र तर व्यवहारमा देखाएनन् ।

महानगरमा विविधतायुक्त छ ।नेवाः समुदायको बाहुल्य रहेपनि पछिल्लो समयको बसाइसराइले देशको स्याम्पलिङ पपुलेसनको झल्को महानगरले दिन्छ ।बालबालिकादेखि वृद्ध, सबै भौगोलिक क्षेत्रबाट आएका, विभिन्न जातजाति, धर्म सम्प्रदायलाई सम्बोधन गर्ने एजेन्डाहरू स्थापित गर्न जरुरी छ ।

तसर्थ, महानगरको कार्यक्षेत्रको बारेमा थप स्पष्ट हुनुस् । जनतालाई पनि बुझाउनुस् । जनता कुन विषय संघ, प्रदेश, स्थानीय तहमा पर्छ भन्नेमा अन्योलमा छन् र कुनै एक विषयमा केन्द्रित रहे पनि जनताले दैनन्दिन भोगेका समस्यालाई उठाउनुस्, मतदाताको मन जित्न उनीहरूले भर्खरै भोगिरहेको विषयहरू नै उठान गर्नुपर्दछ ।

निश्चय नै गर्न सक्ने र कार्यक्षेत्रको विषयमा मात्र मुद्दा उठान गर्नुहोला र अन्य प्रतिस्पर्धीहरूले गरेका झुटा वाचाहरूमा कुन किन पूरा हुन सक्दैनन् यो पनि उजागर गर्ने क्षमता राख्नुहोस् ।

उचित विकल्प अध्ययन गर्नुस्, विकल्पको लाभ लागतहरूसहित अगाडि आउनुहोस् ।बेथितिको जालो तोड्न र काम गरेर देखाउन साँच्चै कठिन छ ।समस्या विश्लेषण, तत्कालीन र दीर्घकालीन रणनीतिहरू बनाउनुस् । साना समस्याहरू केलाउनुस् ।समाधानका लागि मिहिन अध्ययनपछिको पूर्ण प्याकेज दिनुहोस् ।समस्या र हिलो छ्यापाछ्याप त नेपालीको लागि खासै नौलो विषय अब रहेन।

सबै काम गर्न पाँच वर्ष एकदमै कम समय हो ।तसर्थ, उपयुक्त विषयहरूको प्राथमिकीकरण गर्नुहोस् ।रणनीति बनाउनुहोस्, रातारात पेरिस त नबन्ला तर परिवर्तन अनुभूत गर्न सक्ने गरी काम गर्न सक्नुहुन्छ कि हुन्न मन्थन गर्नुहोस् ।केही एजेण्डा मात्र होइन बृहत् प्याकेज दिनुस्, समस्या औंल्याउनुको साटो समाधानको बाटो देखाउनुस् ।

फेरि पनि सही प्राथमिकीकरण, सही पैरवी (जनताले बुझ्ने गरी तपाईंको सोचको व्याख्या) सहित अघि बढ्नुहोस् ।साना परिवर्तनले उल्लेखनीय नतिजा दिन्छ भन्ने भनाइलाई मूल मन्त्र बनाउनुहोस् ।

महानगर प्रचुर संभावना बोकेको ठाउँ हो ।जति चुनौती देखिन्छन् त्यति नै अवसरहरू पनि छन् ।निड टु ह्याम र नाइस टु ह्याभ बीचको फरक नछुट्याए पानीजहाज बोलीमै सही, नेपाल आउन केहीबेर पनि लाग्दैन।

सबै काम गर्न पाँच वर्ष एकदमै कम समय हो ।तसर्थ, उपयुक्त विषयहरूको प्राथमिकीकरण गर्नुहोस् ।रणनीति बनाउनुहोस्, रातारात पेरिस त नबन्ला तर परिवर्तन अनुभूत गर्न सक्ने गरी काम गर्न सक्नुहुन्छ कि हुन्न मन्थन गर्नुहोस्।

फिल्म ‘थ्री इडियट्स’ मा बच्चा जन्मने बित्तिकै ‘मेरा बेटा इन्जिनियर बनेगा’ भनेझैं अधिकांश अभिभावकको आफ्नो सन्तान डाक्टर, इन्जिनियर होइदिऊन् भन्ने इच्छा हुनु स्वाभाविक हो ।यो इच्छा यी पेशाहरूप्रति समाजले दिएको उच्च सम्मान हो र बालेन पनि इन्जिनियर हुन्, यसर्थ पनि जनताले वालेनबाट राख्ने अपेक्षा अन्यभन्दा उच्च हुन्छ र यसलाई वालेन र वालेनहरू जस्ता इन्जिनियरले बुझ्न आवश्यक छ ।

त्यसैले, गगन थापाज्यूले ‘इन्जिनियर बन्न जस्तो सजिलो छैन मेयर बन्न’ को सट्टामा ‘सजिलो छैन इन्जिनियर मेयर बन्न’ भनिदिनुभएको भए उहाँप्रति आभारी रहन्थें।पहिलो पटक उम्मेदवारीमा बोलीको प्रभावले नै मतदाताको मन जित्न सक्ने समय हो र यो सुनौलो अवसर पहिलोबाट दोस्रो पटककाले पाउँदैनन्, धेरैजसो चुनावी नतिजाहरू सबैजसोमा या त नयाँ उम्मेदवार या त साविकमा जित्नेभन्दा फरकको पक्षमा आउने गरेको ढाँचाले पनि जनताको असन्तुष्टि झल्काउँछ ।

चुनाव पहिलो पटक जित्न जनतालाई आधारसहित प्रतिबद्धता गरे पुग्छ तर अर्को पटकमा कामले महत्व राख्छ ।तसर्थ, यो लाभ बालेन र बालेन जस्ताले समेत लिन सक्ने देखिन्छ ।युवा मेयर बनाउने चाहना जनतामा तीव्र भए तापनि सफलता ज्यादै न्यून छ लगभग शून्य बराबर । युवाहरू उठ्ने र असफल हुने दर बढ्दै जाने हो भने भविष्यमा आउन सक्ने युवा नेतृत्वलाई त हच्काउँछ नै जनताको नयाँ युवा आकांक्षीहरूबाट आशासमेत हराउँछ ।

देशले पटक पटक युवा नेतृत्वलाई अग्रसर हुने मौका नदिन सक्छ ।तसर्थ, नेपाली हुँ चान्स पाए गर्छु एक पटक मत देउ भनेर बाटोमा कचौरा हैन, स्पष्ट आधार तथा नीति र दृढ इच्छाशक्ति सहित जनताको मन माग्न बालेनहरूले सक्नुपर्छ, अब बालेन मेयर पदका आकांक्षी मात्र रहेनन्, एक आशाका किरण हुन् ।हजार बालेनहरूलाई राजनीतिमा आउन उत्प्रेरित गर्नसक्ने बिज हुन् ।

बालेन जस्ताले जितेर सफल कार्य गर्न सके मात्र युवालाई राजनीतिमा आकर्षण गर्न र नयाँ सोच सहित विकासलाई गति दिन सम्भव हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?