+
+

अमेरिकी अवार्डमा ‘हल्कारा’ उत्कृष्ट विदेशीभाषी फिल्म

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १२ गते १३:२२

काठमाडौं । अमेरिकी फिल्म फेस्टिभल वर्ल्डफेस्ट ह्युस्टनमा नेपाली फिल्म ‘हल्कारा : द पोस्टम्यान’ उत्कृष्ट विदेशीभाषी फिल्म घोषित भएको छ । विजयी भएसँगै फिल्मले प्लाटिनम रेमी अवार्ड जितेको छ । यही फिल्मबाट चिन्तन राजभण्डारीले सर्वोत्कृष्ट छायांकारको अवार्ड जितेका छन् ।

विक्रम सापकोटा निर्देशित फिल्मबाट महेश त्रिपाठी अभिनेता विधामा मनोनयन भएका थिए । गाउँमा खबर पुर्‍याउने एक चरित्रको कथा प्रस्तुत गर्ने फिल्मलाई विक्रम सापकोटाले लेखन तथा निर्देशन गरेका हुन् ।

फिल्मको वल्र्ड प्रिमियर पनि सोही फेस्टिभलमा भएको थियो । फिल्मलाई चाँडै नेपालका सिनेमा हलमा रिलिज गर्ने तयारी रहेको निर्माता रामकृष्ण पोखरेलले अनलाइनखबरलाई जानकारी दिए ।

आइसफल प्रोडक्सन र कालिपार स्टुडियोजको ब्यानरमा निर्माण भएको फिल्ममा महेश त्रिपाठी र विनिता थापामगरको अभिनय छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?