+
+

किरियापुत्रीले गरे मध्यविन्दुको मेयरमा उम्मेदवारी दर्ता

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १२ गते १३:३१

१२ वैशाख, चितवन । आमाको मृत्युमा शोकमा रहेका भिमलाल अधिकारीले नवलपुरको मध्यविन्दु नगरपालिकाको मेयरमा एमालेका तर्फबाट उम्मेदवारी दर्ता गरेका छन् ।

एमाले नवलपुरका सचिवसमेत रहेका अधिकारीको आमा वितेको ५ दिन मात्रै भएको छ ।

उपमेयर उम्मेदवार, वडा अध्यक्ष, सदस्य लगायतको कार्यकर्ताहरुको उपस्थितिमा निर्वाचन अधिकृतको कार्यालय पुगेर अधिकारीले उम्मेदवारी दर्ता गराएका हुन् ।

एमालेबाट नगरपालिकाको उपमेयर पदमा पूर्णकला महतो, वडा अध्यक्षहरुमा क्रमशः वडा नं। १ मा रामकुमार पुरी, २ मा रामभक्त अधिकारी, ३ मा मान बहादुर महतो, ४ मा डिल्लिराम महतो, ५ मा गणेश पाठक, ६ मा लक्ष्मण पाठकले उम्मेदवारी दिएका छन् ।

यस्तै वडा नं‍. ७ मा मधुबिलास अधिकारी, ८ बीरेन्द्र चौधरी, ९ मा हिमाल सिं ठकुरी, १० मा रण बहादुर थापा, ११ मा कमल बकबल, १२ मा कान्ता कुमाल, १३ मा अर्जुन पंगेनी, १४ मा मिन बहादुर दर्लामी र १५ मा यम बहादुर के।सी।ले मनोनयन दर्ता गराएका छन् ।

नवलपुरमा को को छन् एमाले उम्मेदवार ?

कावासोती

मेयर: विष्णुप्रसाद भुषाल

उप मेयर : फुलकुमारी महतो

देवचुली

मेयर :हरि न्यौपाने

उप मेयर :पार्वता तिवारी

मध्यविन्दु

मेयर: भिमलाल अधिकारी

उप मेयर: पुर्णकला महतो

गैंडाकोट

मेयर: छत्र पौडेल

उप मेयर :चेतना अर्याल

हुप्सेकोट

अध्यक्ष: चेतन राना

उपाध्यक्ष : मनि पाण्डे

बौदीकाली

अध्यक्ष: प्रकाश ओझा

उपाध्यक्ष: डिलकुमारी सारु

विनियी त्रिवेणी

अध्यक्ष: घनश्याम गिरी

उपाध्यक्ष:भगवती बैदवार

बुलिङटार

अध्यक्ष: दिपेन्द्र सुनारी

उपाध्यक्ष :भूमिका खण्डलुक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?