+
+

सत्ता गठबन्धनको निर्णय अनुसार उम्मेदवारी दर्ता गर्न निर्देशन

पाँच दलको एउटै उम्मेदवार हुन्छ : कार्की

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १२ गते १३:४९
फाइल तस्वीर

१२ वैशाख, काठमाडौं । सत्तारुढ गठबन्धनको बैठकले सत्ता गठबन्धनकै उम्मेदवारलाई निर्वाचित गराउन आ-आफ्नो संयन्त्रमार्फत् पहल गर्ने निर्णय गरेको छ ।

आज बिहान काठमाडौंमा बसेको सत्ता गठबन्धन दलको शीर्ष नेताहरुको बैठकले सो निर्णय गरेको हो ।

बैठकले गठबन्धनको निर्णय अनुसार उम्मेदवारी दर्ता गर्न निर्देशन समेत दिएको छ । बैठकपछि सरकारका प्रवक्तासमेत रहेका कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले देशैभर पाँच दलको एउटै उम्मेदवार हुने दाबी समेत गरे ।

गठबन्धनको उम्मेदवारलाई निर्वाचित गराउन आ–आफ्नो दलको संयन्त्रमार्फत् निर्देशन दिने निर्णय बैठकले गरेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?