+
+

कांग्रेस र माओवादी गठबन्धनबाट घोराही उपमहानगरको मेयरमा शर्माले दिए उम्मेदवारी

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १२ गते १४:२२

१२ वैशाख, दाङ । सत्ता गठबन्धन नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबाट घोराही उपमहानगरपालिकाको मेयरमा हेमराज शर्मा ‘डायमण्ड’ले मनोनयन दर्ता गरएका छन् । मनोनयन दर्ताको दोस्रो दिन सत्ता गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका शर्माले मेयरमा र नेपाली कांग्रेसका भुपबहादुर डाँगीले उपप्रमुखमा उम्मेदवारी दिएका हुन् ।

सत्ता गठबन्धन तर्फका उम्मेदवाहररुले घोराहीमा तामझाम, बाजागाजासहित निर्वाचन अधिकृतको कार्यालयामा पुगेर मनोनयन दर्ता गराएका हुन् ।

उम्मेदवारी दर्तापछि शर्माले घोराहीलाई स्वच्छ, सुन्दर र समृद्ध नगरको रुपमा विकास गरिने प्रतिक्रिया दिए । ‘यहाँको आर्थिक विकास, कृषि उत्पादन, स्वास्थ, पर्यावरण र पर्यटनको विकास हाम्रो प्राथमिकतामा हुनेछ’ उनले भने । उनले जनताको आवश्यकताका कुराहरु आफ्नो मुख्य एजेन्डा भएको बताए ।

सत्ता गठबन्धनबाट घोराही उपमहानगरको मेयरमा माआवादी केन्द्र र उपप्रमुखको पद कांग्रेसको भागमा परेको थियो । उपप्रमुखमा उम्मेदवारी दिएका डाँगी घोराहीको प्रमुखमा आकांक्षी थिए ।

को हुन् शर्मा ?

गठबन्धनका तर्फबाट घोराही उपमहानगरपालिका प्रमुखका उम्मेदवार बनेका शर्मा पार्टीभित्र वा बाहिर डायमण्ड उपनामले चिनिन्छन् । उनी माओवादीका केन्द्रीय सदस्य हुन् । घोराही–१५ निवासी शर्मा ०४७ देखि विद्यार्थी राजनीतिक जीवन सुरु गर्दै ०५३ सालमा माओवादीले सुरु गरेको जनयुद्धमा पूर्णकालीन भएका थिए । परिवारमा उनी सहित दुई दिदी र दुई बहिनी पनि जनयुद्धमा सरिक भएका थिए । उनकी दिदी दामा शर्मा अहिले लुम्बिनी प्रदेश सभा सदस्य छिन् ।

शान्त, शालिन स्वभावकमा शर्मा पार्टी भित्रको समस्या समाधान गर्न र संगठन परिचालन गर्न सक्ने नेताका रुपमा चिनिन्छन् । युद्धकालीन समयमा उनी कम उमेरमै पार्टी जिल्लाको सचिवको जिम्मेवारी सम्हालेका थिए । उनी जनयुद्धकालमा माओवादीले सञ्चालन गरेको जिल्ला जनसरकारका नीति, योजना र विकास योजनाकार समेत हुन् । शान्ति प्रक्रिया पछि पनि उनी कार्याकर्ता व्यवस्थापनमा अगुवाइ भूमिमा खेलेका थिए । उनी नेता कृष्ण्बहादुर महरा निकट मानिन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?