+
+

दोहोरो अंकले घट्यो सेयर बजार

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १२ गते १५:३९

१२ वैशाख, काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजार परिसूचक नेप्सेमा उच्च गिरावट आएको छ । आइतबार बढेको बजारमा दोस्रो दिनमै करेक्सन आएको हो ।

सोमबार बजार ३४.९५ अंकले घटेर २३८६.०१ विन्दुमा झरेको छ । सोमबार कारोबार रकम भने २ अर्ब नाघेको छ । सोमबार कुल २३९ वटा कम्पनीको ४६ हजार ४०१ वटा कारोबारबाट ५० लाख ४७ हजार ७६९ कित्ता शेयर किनबेच भएको छ ।

यसबाट कुल २ अर्ब ४ करोड २२ लाख ५३ हजार १८२ रुपैयाँ बराबरको कारोबार भएको छ । यस दिन होटेल र पर्यटन र म्यूचअल फण्डबाहेक सबै उपसमुह राताम्य रह्यो । सबैभन्दा धेरै अन्य समूहका लगानीकर्ताले गुमाए । विकास बैंक उपसमूह समेत धेरै घट्नेमा रहृयो ।

सोमबार जाल्पा सामुदायिक लघुवित्तको शेयर मूल्य सबैभन्दा धेरै ९.९९ प्रतिशतले बढेर ८५८.६० रुपैयाँ पुगेको छ । यो कम्पनीको शेयर मूल्य ७८ रुपैयाँले बढेको हो । सिद्धार्थ इक्विटी फण्डको मूल्य ४ प्रतिशतले बढ्यो ।

एनआइबीएल प्रगति फण्ड, आरबीबी म्यूअल फण्ड र सामुदायिक लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य समेत धेरै बढ्नेमा रहृयो । सोमबार सेन्ट्रल फाइनान्सको शेयर मूल्य सबैभन्दा धेरै (५.३३ प्रतिशत) घट्यो । २० रुपैयाँ प्रतिकित्ता घटेको यस कम्पनीको शेयर मूल्य ३५५ रुपैयाँमा झरेको छ ।

रसुवागढी हाइड्रो, ङ्यादी हाइड्रो, सामलिङ पावरसहितका कम्पनीको मूल्य धेरै घट्नेमा अगाडी रहृयो । यस दिन अरुण भ्याली हाइड्रोको शेयर सबैभन्दा धेरै किनबेच भएको छ । दोस्रोमा शिवम सिमेन्ट रहृयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?