+
+

इलाममा भट्टराईको टिकट खोसेपछि एमालेबाट चेम्जोङ उम्मेदवार

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १२ गते १६:०९
धिरेन्द्र चेम्जोङ र नरेन्द्रनाथ भट्टराई ।

१२ वैशाख, इलाम । नेकपा एमालेको तर्फबाट इलाम नगरपालिकाको मेयरमा टिकट पाएका नरेन्द्रनाथ भट्टराईको टिकट खोसिएको छ ।

भट्टराईको सट्टामा धिरेन चेम्जोङले एमालेकोतर्फबाट मेयरमा उम्मेदवारी दर्ता गराएका छन् ।

भट्टराईले मेयरको टिकट पाएलगत्तै एमालेको असन्तुष्ट समुहले पार्टी कार्यालयमा तालाबन्दी गरेको थियो ।

तर पछि एमालेको प्रदेश कमिटीले भट्टराईको टिकट खोसेर मेयरमा चेम्जोङलाई टिकट दिएपछि ताला खोलेर एमाले कार्यकर्ता मनोनयनका लागि निर्वाचन अधिकृतको कार्यालयमा पुगेका थिए ।

भट्टराईले बिचमा एमाले छाडेर अर्कै पार्टीमा गएको र पछि एमालेमा फर्किएको भन्दै एमाले भित्रैबाट असन्तुष्टि बढेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?