+
+

राष्ट्रिय पौडी प्रतियोगिता वैशाख २२ र २३ गते हुने

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १२ गते १७:१९

१२ वैशाख, काठमाडौं । नेपाल पौडी संघको आयोजनामा २४औं खुल्ला राष्ट्रिय र उमेर समूहको पौडी प्रतियोगिता यही बैशाख २२ र २३ गते आयोजना हुने भएको छ ।

संघका सचिव इश्वर कार्कीले सोमबार सूचना जारी गर्दै दुई दिने प्रतियोथिता सातदोबाटोस्थित स्विमिङ कम्प्लेक्समा आयोजना हुने जनाएका छन् । प्रतियोगिता लङ कोर्सको हुनेछ ।

प्रतियोगितामा खुल्लातर्फ फ्रिस्टाइल, ब्रेस्टस्ट्रोक, ब्याकस्ट्रो, बटरफ्लाइ र इन्डिभिजुअल मिडलेमा प्रतिस्पर्धा हुनेछ ।

फ्रिस्टाइल, ब्रेस्टस्ट्रोक, ब्याकस्ट्रोकमा ५० मिटर, १०० मिटर र २०० मिटरमा प्रतिस्पर्धा गराइनेछ भने बटरफ्लाईमा ५० र १०० मिटर तथा इन्डिभिजुअल मिड्लेमा २०० मिटर स्पर्धा समावेश छ ।

यस्तै उमेर समूहतर्फ फ्रिस्टाइल, ब्रेस्टस्ट्रोक, ब्याकस्ट्रोकमा ५० र १०० मिटर समावेश छ भने बटरफ्लाइईमा ५० मिटर मात्र समावेश गरिएको छ ।

प्रतियोगितामा सहभागिताका लागि वैशाख २० गतेसम्म नाम दर्ता गरिसक्नुपर्ने र दर्ता शूल्क २०० रुपैयाँ लाग्ने पौडी संघले जनाएको छ ।

प्रतियोगितामा भाग लिने खेलाडीहरु नेपाली नागरिक हुनुपर्ने र खेलाडीले स्वीमनेपाल डट कमबाट नाम दर्ता गर्न सकिने संघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?