+
+

४८ हजारको मनोनयन दर्ता, उम्मदेवार अझै बढ्ने

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १२ गते १८:१४

१२ वैशाख, काठमाडौं । देशभरका निर्वाचन अधिकृतको कार्यालयमा अहिलेसम्म ४८ हजार १९७ उमेद्वारहरुले मनोनयनपत्र दर्ता गराएका छन् ।

देशभरका २९३ नगरपालिका छन् । निर्वाचन आयोगको विवरण अनुसार १ हजार ६५७ जनाले प्रमुख (मेयर) पदमा मनोनयन दर्ता गराएका छन् । उपप्रमुख (उपमेयर)पदमा ९७५ जनाको मनोनयन परेको छ ।

त्यसैगरी कुल ४६० गाउँपालिकाको अध्यक्ष पदमा १ हजार ६१० जनाले मनोनयनपत्र दर्ता गराएका छन् । १ हजार ५० जनाले उपाध्यक्षमा मनोनयनपत्र दर्ता गराएका छन् ।

स्थानीय तहको प्रमुख पदमा उमेद्वारी दिनेको संख्या २ हजार ७२१ पुगेको छ । उपप्रमुख पदमा उमेद्वारी दिनेको संख्या १ हजार ६०६ छ ।

देशभरका कुल ६ हजार ७४३ वडाको वडाध्यक्ष पदमा १२ हजार ३१२ जनाले मनोनयन दर्ता गराएका छन् । वडा सदस्यमा मनोनयन गर्नेको संख्या १२ हजार ५१७ छ । त्यस्तै ७ हजार ६९३ जनाले महिला सदस्य पदमा उमेद्वारी दिएका छन् भने ६ हजार ७११ जनाले दलित महिला सदस्य पदमा उमेद्वारी दिएका छन् ।

५ बजेसम्ममा लाइनमा बसेकाहरुले उम्मेदवारी दर्ता गराउने पाउने भएकाले उम्मदेवार अझै बढ्ने निर्वाचन आयोगले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?