+
+

नेपालमा एक्सेलको ६ वटा ‘सिटी एण्ड गिल्ड्स’ हस्पिटालिटी पाठ्याक्रम सुरु

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १२ गते १८:३२

एक्सेलले नेपालमा पहिलो पटक छ वटा ‘सिटी एण्ड गिल्ड्स’ हस्पिटालिटीको पाठ्यक्रम सुरु गरेको छ । एक्सेलले सिटी एण्ड गिल्ड्स साउथ एशिया प्राइभेट लिमिटेडको व्यावसायिक तालिम संचालन गर्ने संस्थामार्फत पाठ्यक्रमको सुरुवात गरेको हो । जसको स्थापना बेलायतको लण्डनस्थित सिटी एण्ड गिल्ड्सले गरेको हो ।

हस्पिटालिटीमा व्यावसायिक पाठ्यक्रमहरूको दायरा बढाउनको लागि एक्सेलसँगको साझेदारीमा कार्यक्रमको सुरुवात भएको हो । सम्झौताअनुसार इन्टरनेशनल ग्लोबल हस्पिटालिटी क्वालिफिकेसन इन फूड प्रिपरेसन, बेकरी एण्ड पेस्ट्री, बरिस्टा, बार ट्रेन्डिङ, फूड एन्ड बेभरेज सर्भिसेज स्किल फाउन्डेसन सर्टिफिकेट इन बेसिक फूड प्रिपरेसन र डिप्लोमा इन हस्पिटालिटी इन्डस्ट्री कार्यक्रम सुरु हुनेछ ।

सिटी एण्ड गिल्ड्स साउथ एसियाका क्षेत्रीय प्रमुख जयन्त चौहान (उत्तर भारत, नेपाल र भुटान)ले भने, ‘अहिले उद्योगको आवश्यकता अनुसार दक्ष कर्मचारीहरु नभएकोले एक्सेलले आवश्यकता र माग अनुसारको कर्मचारी पूर्ति गर्ने विश्वास लिएको छु ।’ यी पाठ्यक्रमहरूमा अध्ययन गर्ने विद्यार्थीहरूले द ब्रिटिस कलेज (टीबीसी)को अत्याधुनिक किचन, रेस्टुरेन्ट र बारको फाइदा लिन सक्नेछन्। बीएससी (हन्स) हस्पिटालिटी बिजनेस म्यानेजमेन्ट (बीएचएम) कार्यक्रमका विद्यार्थीहरुले पनि सोही किचनको प्रयोग गर्दै आइरहकेका छन् ।

हस्पिटालिटी क्षेत्रका विशेषज्ञहरूले निर्माण गरेको सिटी एण्ड गिल्ड्स पाठ्यक्रमहरू उद्योगको आवश्यकता परिपूर्ति गर्नको लागि डिजाइन गरिएको हो । यी कोर्षहरुले सैद्धान्तिक तथा व्यवहारिक ज्ञान तथा सीपहरु प्रदान गर्नेछ। उत्कृष्ट सिकाईको कारण प्रशिक्षार्थीहरुले नेपाल तथा विदेशमा राम्रो रोजगारीको अवसर प्राप्त गर्ने विश्वास एक्सेलले लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?