+
+

विप्लव नेतृत्वबाट रोल्पाका ५ स्थानीय तहमा उम्मेदवारी

महेश न्यौपाने महेश न्यौपाने
२०७९ वैशाख १२ गते १९:१४

१२ वैशाख, रोल्पा । ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले रोल्पाका ५ स्थानीय तहमा विभिन्न पदमा उम्मेदवारी दिएको छ । सो पार्टीले गंगादेव, परिवर्तन, थवाङ, सुनिलस्मृती र सुनछहरी गाउँपालिकामा उमेदवारी दिएको हो ।

उसले कुनै स्थानीय तहमा एकल त कुनै स्थानीय तहमा कांग्रेस र एमालेको सहयोगमा तथा कुनै स्थानीय तहमा स्वतन्त्र व्यक्तिलाई समर्थन गरेर उमेदवारी दर्ता गरेको हो । रोल्पाको गंगादेव गाउँपालिकामा पार्टीका केन्द्रीय सदस्य चुडामणि वलीले गाउँपालिका अध्यक्षमा स्वतन्त्र उमेदवारी दिएका छन् ।

वलीको समूहबाट उपाध्यक्ष तथा २,३,४,५ र ६ नम्वर वडाध्यक्षमा समेत उमेदवारी परेको छ । यस्तै गाउँपालिका उपाध्यक्षमा सुशिला वलीको उमेदवारी परेको छ ।

यसैगरी वडाध्यक्षहरुमा वडा नं. २ बाट टिकाराम नेपाली, वडा नं. ३ बाट लालवहादुर वली, वडा नं. ४ बाट नन्दे वली, वडा नं. ५ बाट यमन मल्ल र वडा नं ६ बाट दीपेन्द्र खत्रीको उमेदवारी परेको छ ।

स्वतन्त्र उमेदवारी दिएका वडा मध्ये वडा नं. ५ बाहेक सबै वडामा महिला सदस्य, दलित महिला सदस्य र खुला सदस्यमा समेत उमेदवारी दिएको स्थानीय केवि गुरुङले जानकारी दिए । परिवर्तन गाउँपालिका अध्यक्षमा लालवहादुर वली र उपाध्यक्षमा मिरा वुढामगरले उमेदवारी दर्ता गराएका छन् । सो गाउँपालिकाको वडा नं. ३ को वडाध्यक्षमा पृथ्वी डाँगीको उमेदवारी परेको छ ।

यस्तै थवाङ गाउँपालिका अध्यक्षमा महेश वुढामगरको उमेदवारी परेको छ । गाउँपालिका उपाध्यक्षमा रायवहादुर पुनले उमेदवारी दिएका छन्। वडाध्यक्षमा वडा नं. १ मा फर्के झाँक्री, वडा नं.२ मा तीर्थनारायण मिजार र वडा नं. ५ मा डुकमन रोकाको उमेदवारी परेको छ ।

यस्तै सुनिलस्मृति गाउँपालिका अध्यक्षमा कमल थापाले उमेदवारी दिएका छन् भने उपाध्यक्षमा दिपेश विष्टको उमेदवारी परेको छ । वडाध्यक्षमा वडा न २ नेत्रवहादुर गिरी र वडा नं. ६ मा सन्तोष सुवेदीको उमेदवारी परेको छ । वडा नं. २ का वडाध्यक्षका स्वतन्त्र उमेदवार नेपाली कांग्रेस निकट हुन । उनी २०७४ सालको स्थानीय तह निर्वाचनमा सोही वडाबाट वडाध्यक्ष निर्वाचित भएका थिए ।

सुनछहरी गाउँपालिकामा विप्लव नेतृत्वको नेकपाका नेता पुष्टमन घर्तीमगरले गाउँपालिका अध्यक्षमा उमेदवारी दर्ता गराएका छन् ।

उनलाई नेकपा एमाले र नेपाली कांग्रेसको पनि समर्थन रहेको छ । तीन दलिय गठवन्धनको तर्फबाट उपाध्यक्षमा नेपाली क्रांग्रेसका कोमवहादुर वुढामगरले उमेदवारी दिएका छन्।

सो गाउँपालिकामा नेपाली कांग्रेस र नेकपा एमालेले ३÷३ र स्वतन्त्रले १ वडामा उमेदवारी दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?