+
+

वसन्तपुरमा फोटो प्रदर्शनी

फोटो पत्रकार क्लब नेपालले लेन्सबाट फोटो पत्रकारिता विषयक फोटो प्रदर्शनी आयोजना गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १३ गते १४:३४

१३ वैशाख, काठमाडौं । फोटो पत्रकार क्लब नेपालले लेन्सबाट फोटो पत्रकारिता विषयक फोटो प्रदर्शनी आयोजना गरेको छ ।

९५ औं राष्ट्रिय फोटो पत्रकारिता दिवसको उपलक्ष्यमा काठमाडौंको बसन्तपुरमा आयोजित फोटो प्रदर्शनीमा फोटो पत्रकारहरुले फोटो पत्रकारिता गर्दा भोग्नु परेका चुनौती र जोखिम झल्काउने ३० वटा फोटा राखिएको छ ।

प्रदर्शनीको प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेत र नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले संयुक्त रुपमा उद्घाटन गरे । बस्नेतले फोटो सत्य, तथ्य र निष्पक्ष हुनुपर्ने भन्दै सबै पत्रकारहरुले पत्रकारको मूल्य मान्यता र आचारसंहिता अनुसार काम गर्नुपर्ने बताए ।

नेपाल पत्रकार महासंघका अध्यक्ष पोखरेलले फोटोले पाठकलाई आकर्षित गर्ने र समाचारलाई विश्वसनीय बनाउने धारणा राखे । उनले पत्रकारिता पेशालाई सुरक्षित बनाउन सरकारले बनाउने कानुन प्रेसमैत्री हुनुपर्नेमा जोड दिए ।

फोटो पत्रकार क्लब नेपालका अध्यक्ष श्रुति श्रेष्ठले क्लबले फोटो पत्रकारको पेशागत हक हित र सुरक्षामा काम गर्दै आएको जानकारी दिँदै राजनीतिक, आर्थिक, सामाजिक, साँस्कृतिक लगायतका क्षेत्रमा काम गर्दा फोटो पत्रकारहरुले भोग्नु परेका जोखिमहरुलाई समावेश गरेर फोटो प्रदर्शनी आयोजना गरेको बताइन् ।

नेपाल पत्रकार महासंघ र सेन्टर फर मिडिया रिसर्च नेपालसँगको सहकार्यमा आयोजना गरिएको प्रदर्शनी मंगलबार अपरान्ह ५ बजेसम्म चल्ने प्रवक्ता विकास द्वारेले जानकारी दिए ।

हेर्नुस् तस्वीरहरु : 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?