+
+

‘द ब्याटम्यान’को सिक्वेल बन्ने, रोबर्ट प्याटिन्सन नै मुख्य भूमिकामा

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १४ गते ११:२४

काठमाडौं । हलिउड सुपरहिरो फिल्म ‘द ब्याटम्यान’को सिक्वेल बन्ने भएको छ । प्रदर्शकहरुको व्यापार मेला मानिने सिनेमांकन समारोहमा निर्माण कम्पनी वार्नर ब्रोज र डीसीले सिक्वेल घोषणा गरेका हुन् ।

रोबर्ट प्याटिन्सन नै ब्याटम्यान भूमिकामा सिक्वेलमा देखिने भएका छन् । निर्देशक म्याट रिभ्सले आफूले नै सिक्वेलको लेखन र निर्देशन गर्ने घोषणा गरे ।

तीन घण्टा लामो सुपरहिरो फिल्म ‘द ब्याटम्यान’ले उत्तर अमेरिकी बक्स अफिसमा १३४ मिलियन डलर कमाइ गरेको थियो । नेपालमा फिल्मले एक करोडभन्दा बढी ग्रस कमाइ गरेको वितरण कम्पनी एप्पल इन्टरटेनमेन्टले जनाएको छ ।

नेपालमा समेत झण्डै एक महिना चलेको यो फिल्मले विस्तारै पिकअप लिएको थियो । टिकट बिक्रीको आधारमा फिल्मले उत्तर अमेरिकाको बक्स अफिसमा पहिलो सप्ताहन्तमा बलियो ओपनिङ गरेको थियो ।

कोरोना महामारीकालमा ‘स्पाइडरम्यान : नो वे होम’पछि एउटै सप्ताहन्तमा १०० मिलियन डलरको आँकडा पार गर्ने दोस्रो फिल्म पनि ‘द ब्याटम्यान’ बनेको छ । ७५९ मिलियन डलरसहित ‘द ब्याटम्यान’ हलिउडमा यस वर्षकै सर्वाधिक ग्रसर कलेक्सन गर्ने फिल्म समेत बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?